९२ हजार नगदसहित पाँच जुवाडे पक्राउ

अन‌ि यो पनि

भरतपुर, ९ असार । जिल्ला प्रहरी कार्यालय चितवनले ९२ हजार ६६५ रुपैयाँ नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–२ चैनपुरस्थित राप्ती अटो वर्कसपबाट उनीहरुलाई प्रहरीले असार ७ गते पक्राउ गरेको हो ।

वर्कसपमा बसेर जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया