चितवनमा निषेधाज्ञा खुकुलो : पसलहरु बार अनुसार खुल्ने, निजी सवारीमा जोर विजोर प्रणाली

अन‌ि यो पनि

भरतपुर, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लम्ब्याएको छ । निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केहि पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ ।

प्रशासनले असार १७ गते राति १२ बजेसम्मको लागि लागु हुने गरी निषेधाज्ञा थपेको हो । असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने छन् । यसरी सञ्चालन हुने निजी सवारी साधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइने छ ।

अब भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउने छन् ।

होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन् ।

 

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया