अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । यसअघि माडी नगरपालिकाले पनि अन्तरजातीय विवाह गरेका एक जोडीलाई सम्मान गरेको थियो ।

भरतपुर महानगरले अन्तरजातीय विवाह गरेका भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दिपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई नगद एक÷एक लाख सहित सम्मान गरेको हो ।

दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिका संयोजक चक्र रुचालले अन्तरजातिय विवाह गर्ने दुई दम्पतीलाई एक–एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै छुवाछुत मुक्त अभियानको शुरुवात गरेका हुन् ।

छुवाछूत मुक्त अभियान अन्तरगत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम सहयोग गरिएको संयोजक रुचालले बताए । यस्तै भरतपुर महानगरकी उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछुतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरगं ल्याउने दाबी गरिन् ।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले ६ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए । सो अवसरमा प्रतिमा गुरुङ सुनारले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउदैं खुसी व्यक्त गरिन् । उनले बोलेर भन्दा पनि महानगर कामै गरेर अभियान थालेकोमा यसलाई निरन्तरता दिन माग गरिन् । तनहुँ व्यास नगरपालिका वडा नं १ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसंग अन्तरजातिय विवाह गरेका थिए ।

यस्तै, अर्का दम्पती दिपक बुढाथोकी र निशा परियार बुढाथोकीले ४ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेको बताउदै समाजसँगै स्थानिय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने भन्दै खुसी साटे । कक्षा ५ मा सम्म बढेका दिपक सवारी चालक हुन् भने उनको श्रीमती कक्षा ११ मा पढ्दै छिन् । निशाले महानगरको अभियान अब गाँउ–गाँउमा पु¥याउन आवश्यक रहेको बताईन् ।

 

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया