मार्सी चामल क्यानडा निर्यात

अन‌ि यो पनि

खलङ्गा, ९ असार । जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको मार्सी चामल, सिमी र कोदो क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए ।

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो ।

यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुगाइएको थियो । पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् । स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको छ। अहिले किसानले खेतीयोग्य जमीनको उपयोग गर्न थालेका छन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया