कृषि विश्वविद्यालयमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

अन‌ि यो पनि

चितवन, ९ असार । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो ।

विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला बन्दैछन् । जहाँ पोषणको विश्लेषण (एनलाइसिस), खाद्य सुरक्षा, विषादीको अवशेष पहिचान, आणविक निधान (मोलिकुलर डाईग्नोसिस), खोप उत्पादन र तन्तु उत्पादन सम्बन्धी प्रयोगशाला निर्माण गरिँदै छ । श्रेष्ठले भने, “यस किसिमको अत्याधुनिक प्रयोगशाला नेपालको पहिलो हुनेछ ।”

हरेक युनिटमा वैज्ञानिकसहित जनशक्ति रहनेछन् । प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु ११ करोड २० लाख र विश्वविद्यालयले रु ३ करोड ९२ लाख लगानी गर्ने छ । प्रयोगशाला निर्माणका लागि बोलपत्र आह्वान गरिसकिएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने उनको भनाइ छ । नेपालमै खोप निर्माण गर्ने, भ्रुणको उत्पादन गर्ने, तन्तु प्रजननबाट उत्पादित बेर्ना रोगमुक्त हुने भएकाले यो प्रयोगशाला कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

यसलाई विश्व विद्यालयले ‘इण्ट्रोगेटिभ रिसर्च ल्यावरोटरी’ नाम दिएको छ । यसले प्रयोगशालाको अभावको कारण अहिले कृषिकर्मीले भोग्नु परेका समस्यालाई धेरै हदसम्म समाधान गर्ने छ । १० वर्ष अघि कृषि र वन विज्ञानको पठनपाठन, अध्ययन अनुसन्धान र प्रसारको उद्देश्यसहित स्थापित विश्वविद्यालयले अनुसन्धानमूलक कामलाई विशेष प्राथमिकतामा राखेको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया