कालिकाका एकसय घरधुरीलाई नेशनल माइक्रो फाइनान्सको राहत

अन‌ि यो पनि

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ११ का नौ वटा टोल विकास संस्थाका चेपाङ समुदायका अतिविपन्न एक सय घरधुरीका लागि राहत सामग्री वितरण गरिएको छ ।

धादिङमा केन्द्रीय कार्यालय भई चितवनको शिवनगरमा शाखा रहेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत मदन रिजाल, शिवनगर शाखा प्रमुख प्रतिमा ढकाल, एकानन्द न्यौपाने, समीक्षा पराजुलीको उपपस्थति रहेको थियो ।

संस्थाले कालिका वडा नं ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा र स्थानीय विद्यालयका शिक्षकहरुको रोहवरमा राहत वितरण गरिएको थियो । चेपाङ समुदायका लागि एक सय बोरा चामल, जनही एक/एक किलो दाल र एक/एक प्याकेट नुन वितरण गरिएको अनुगमन अधिकृत रिजालले जानकारी दिए ।

नेशनल माइक्रो फाइनान्स विसं २०७१ सालमा धादिङबेँसीमा खोलिएको वित्तीय संस्था हो । सो संस्थाले ४७ जिल्लाका ६५ शाखामार्फत एकलाख ५ हजार सदस्यलाई सेवा पुर्‍याउँदै आएको छ ।

संस्थाले विगतदेखि नै विभिन्न जिल्लामा राहत वितरण गर्दै आएको र यसवर्ष कोरोना महामारीको संकटमा अतिविपन्न चेपाङ समुदायका लागि एक लाख ५० हजार रुपयाँ बराबरको राहत वितरण गरिएको अनुगमन अधिकृत मदन रिजालले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया