चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

अन‌ि यो पनि

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर परीक्षणका क्रममा ७० र एन्टिजेन परीक्षणमा १९ गरी एकैदिन ८९ जना सङ्क्रमित भएका हुन् । यस्तै, मंगलबार सङ्क्रमणमुक्त हुनेको संख्या २४ रहेको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा मंगलबार थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक, नवलपुरका दुई र गोरखाका एक जना रहेको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गीताञ्जली ढकालले बताइन् ।

चितवनमा हालसम्म जम्मा सङ्क्रमितको संख्या १५ हजार ५५० पुगेको छ । जसमा भरतपुर महानगरपालिकाका ११ हजार ४७८, रत्ननगर नगरपालिकाका १४८८, खैरहनी नगरपालिकाका ८१०, राप्ती नगरपालिकाका ६१४, कालिका नगरपालिकाका ५१६, माडी नगरपालिकाका ४६९ र इच्छाकामना गाउँपालिकाका १७५ जना छन् । जसमा चितवनमा सक्रिय संक्रमितको संख्या १२७७ रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हस्पिटल आइसोलेसनमा ८१, संस्थागत आइसोलेसनमा ३०, होम आइसोलेसनमा ११६६ जना रहेका छन् । १४ हजार ३ जना हालसम्म सङ्क्रमणमुक्त भएका छन् । २७० जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

भेन्टिलेटरमा २० र आइसियूमा ८१

चितवनका अस्पतालमा मंगलबार २०९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तीमध्ये २० जना भेन्टिलेटरमा, ८१ जना आइसियूमा र ४० जना एचडियूमा छन् । बाँकी ८८ जना भने जनरल वार्डमा बसेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

२४ जना डिस्चार्ज

चितवनबाट मंगलबार २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । भरतपुर अस्पतालबाट ९ जना, भरतपुर महानगरपालिकाको आइसोलेसनबाट ६, चितवन मेडिकल कलेजबाट ५ जना, इच्छाकामना गाउँपालिकाको आइसोलेसन केन्द्रबाट २ जना, पुरानो मेडिकल कलेजबाट १ जना र अन्य अस्पतालबाट १ जना गरी २४ जना घर फर्किएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।

चार जनाको मृत्यु

चितवनमा मंगलबार चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै चितवन मेडिकल कलेजका छन् । जसमा चितवनका एक, नवलपुरका दुई र गोरखाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया