बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

अन‌ि यो पनि

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय सरोकारवाला संघसंस्थाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

सौराहाको जनकौली सामुदायिक वन उपभोक्ता समूहको नजिकै घटेको सो घटनालाई लिएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा भएको घटनाप्रति पनि विभिन्न पर्यटनसँग सरोकार राख्ने संस्थाहरुले दुःख प्रकट गरेका छन् ।

साथै, आगामी दिनमा उक्त प्रकारका घटना नदोहरिऊन् भन्दै सरोकारवाला पक्षको समन्वयमा संरक्षणको पाटोमा हातेमालो गर्दै अघि बढ्न अपिल गरिएको छ ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपक खतिवडा, युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी र बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया