रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

अन‌ि यो पनि

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको सहयोगमा रत्ननगर १४ गैरीबारीका सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ। जारी निषेधाज्ञाका कारण समस्यामा परेका गैरीबारी सुकुम्वासी वस्तीका ५३ घरपरिवारलाई राहतस्वरुप खाद्यन्न सामग्री वितरण गरिएको हो।

रोटरी क्लब अफ क्वाइचुङको समेत सहयोगमा प्रतिपरिवार ३० किलो बराबरको १ बोरा चामल, चार किलो दाल, तीन किलो क्वाँटी (सबै प्रकारका गेडागुडी मिसाइएको प्रोटिनयुक्त खाना) वितरण गरिएको कार्यक्रम संयोजक देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रत्येक परिवारलाई खाद्यन्न सामाग्रीसँगै नगद ५०० रुपैयाँसमेत प्रदान गरिएको छ। यसअघि कालिका नगरपालिकाको वडा नं. ६ खोलेसिमल र कमलचोक गरी ७९ परिवारलाई राहत वितरण गरेको थियो। यस्तै रत्ननगर नगरपालिकाको वडा नं. ३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पस अगाडिको मुस्लिम बन्जराका २० परिवारलाई समेत राहत वितरण गरिएका सिआरसी नेपालका महासचिवसमेत रहेका नेवाज मल्टीप्रपोज सोसाइटीका संयोजक देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार रत्ननगर नगरपालिकाको वडा नं. ९ टिकौली पुल नजिकैको सुकुम्बासी वस्तीका २१ परिवारलाई पनि राहत वितरण गरिएको थियो। यसैगरी रत्ननगरको वडा नं. ४, ७ र ८ देवौली, चित्रासारी, गोठौलीका १०० परिवार, वडा नं. १ सौराहाचोकको फिल्म हल पछाडि बस्दै आएका २५ परिवार, वडा नं. ३ हाजिपुर, बन्सी र माथिल्लो शान्तिचोक क्षेत्रका ८० परिवार, वडा नं. ८ लालपर्सा स्थित रमाइलो डाँडा क्षेत्रका २८ परिवार, वडा नं. ५ र १६ का २० परिवार, वडा नं. २ मेनरोड टाँडी र वडा नं. १० भानुचोक घेघौली क्षेत्रका १४० परिवार, यस्तै वडा नं. ७ सिसुवार मुसहर बस्तीका ५० परिवार र वडा नं. १३ भगेंरी सुकुम्बासी बस्तीका ४१ परिवारलाई गरी ७७७ परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया