जनता वर्षेनि डुबानमा, घुम्न आउने नेताको भने आश्वासन मात्रै

अन‌ि यो पनि

चितवन ०८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नदीको डुबान तथा कटानको समस्या भएका स्थानहरुमा स्थायी समस्या समाधानको लागि पहल गरिने बताएका छन्। नारायणी नदी प्रभावित क्षेत्रको अनुगमन गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विस्तृत गुरुयोजना बनाएर स्थायी समाधानको लागि काम गर्न पहल गरिरहेको आश्वासन दिएका हुन्।

समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेटबारे छलफल भइरहेको उनको भनाइ छ। नारायणी नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुले वर्षेनि कटान र डुबानको समस्या भोग्दै आएका छन्। तर, निर्वाचित जनप्रतिनिधिले भने वर्षेनी अनुगमन गरेर आश्वासन दिने काम मात्रै गर्दै आइरहेका छन्। यसवर्ष असार पहिलो साता आएको बाढीका कारण पश्चिम चितवन क्षेत्र डुबानमा परेको थियो।

विशेष गरी बाढीले भरतपुर महानगरपालिकाको वडा नं. ३ को दोभान चोक, वडा नं. १६ को झनझने र वडा नं. २६ को सिसई आसपासका क्षेत्रमा करिब २५० घर र एकसय बिगाहाभन्दा बढी खेतीयोग्य जमिन डुबाएको थियो। सोही क्षेत्रमा केही दिनअघि बागमती प्रदेश सांसद रीना गुरुङ पनि अनुगमनमा गएकी थिइन्।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया