क्षणिक राहत बन्दै रेमिट्यान्स

अन‌ि यो पनि

चालू आर्थिक वर्षमा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा जाने युवायुवतीको संख्यामा उल्लेख्य कमी आएको देखिए पनि देशमा भित्रिएको रेमिट्यान्सको रकममा भने वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कलाई आधार मान्दा यसवर्षको १० महिनाको अवधिमा करिब ८ खर्ब १० अर्ब रूपैयाँ देशभित्र भित्रिन पुगेको छ, जुन गत वर्षको अनुपातमा करिब २० प्रतिशतले बढी हो । गत वैशाखसम्म नै अन्तिम श्रम स्वीकृति लिएका नेपाली कामदारहरुको संख्या ठूलो अनुपातमा घटेको तथ्याङ्क बाहिर आएको थियो, र पुनः श्रम स्वीकृति लिनेहरुको संख्यामा पनि करिब ५० प्रतिशतको हाराहारीमा भारी मात्रामा कमी आएको पाइएको थियो । त्यसका बाबजुद पनि रेमिट्यान्स अहिले उकालो लागेको देखिएको छ । रेमिट्यान्स यस अनुपातमा वृद्धि हुनुमा मूलतः दुई कारणलाई प्रमुख कारकका रुपमा मान्न सकिन्छ । एक, कोरोना महामारीपछि हुन्डीका कारोबार गर्नेहरु न्यून हुँदै गएका छन्, जसका कारण त्यसमार्फत हुने कारोबार लगभग ठप्प नै भएको स्थितिले त्यसलाई बल पु¥यायो । र, अर्को वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरुलाई सरकारले केही समययता जिन्सी सामानहरु ल्याउनमा कडाइ गरेको अवस्था पनि त्यसमा जिम्मेवार रह्यो, यसले पनि रेमिट्यान्सलाई नै बढवा दिएको देखियो ।

पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको रेमिट्यान्सको दरमा सङ्कुचन आउन थालेपछि देशमा भयावह स्थिति आउने आँकलन गरिएको थियो, तर वृद्धि भएको रेमिट्यान्सले तत्कालका लागि भने पनि केही राहत दिएको महसुस गरिँदैछ । हालको तथ्याङ्कले रेमिट्यान्स बढेको देखाए पनि विगत एक–डेढ वर्षमा कोरोना महामारीको कारण वैदेशिक रोजगारी भने निकै प्रभावित भैरहेको छ, जसबाट त्यहाँ जाने नेपाली कामदारहरुको संख्यामा उल्लेख्यरुपमा कमी आएको पाइन्छ । विश्व हाल एक प्रकारले कोरोना महामारीको चपेटामा परिरहेको अवस्था छ । स्थिति कतै केही सहज भैसकेको देखिए पनि धेरै ठाउँ अझै पनि महामारीको जोखिम बेहोर्न बाध्य छन् । विदेशी मुलुकहरुले पर्याप्त मात्रामा विदेशी कामदारहरुलाई कटौती गरिरहेका छन् भने रोजगारदाता कतिपय देशमै लाखौँ रोजगारीसमेत गुमिरहेको देखिन्छ । अघिल्लो वर्षमा घटेको रेमिट्यान्स यसवर्षमा बढेको देखिनुले तत्कालका लागि सुधारको सङ्केत गरे पनि आगामी दिनहरु अझै पनि आर्थिक मन्दीबाट गुज्रने खतरा यद्यपि जीवितै छ । केही महिनापछि नै कोरोनाको तेस्रो लहरले विश्वलाई आक्रान्त बनाउन सक्ने प्रक्षेपण गरिएकोले रेमिट्यान्समा समेत त्यसको असर देखिनेछ ।

विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दा रेमिट्यान्समा पर्याप्त मात्रामा वृद्धि हुनु अवश्य पनि सुखद छ, तर क्षणिक राहत बनिरहे पनि त्यो सदाका लागि भरपर्दो आधार भने होइन । सरकारलाई रेमिट्यान्सकै भरमा देश चलाउन खोज्नु कुनै नैतिकताले पनि दिँदैन । त्यसैलाई अनुसरण गरेर अगाडि बढ्ने हो भने कालान्तरमा देश पूरै परनिर्भर मानसिकतामा बाँच्नसमेत बाध्य हुने निश्चित छ । देशमा जस्तोसुकै चुनौतीहरु रहे पनि स्वदेशमै लाखौँ रोजगारीका अवसरहरु सिर्जना गर्दै जानु अहिलेको समयको माग हो । विदेशमा रहेका लाखौँ नेपाली कामदारहरुलाई देशभित्रै कामको अवसर उपलब्ध गराउँदै देशलाई पूरै आत्मनिर्भर बनाउन सक्ने हो भने त्यसले भोलिका दिनमा रेमिट्यान्सले भन्दा विश्वसनीयरुपमा कयौँ गुणा बढी काम गर्न सक्ने अवस्था आउनेछ । यस तथ्यलाई सरकारले यतिखेर मनन गर्नु जरूरी भैसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया