कुपोषित बालबालिकालाई पोषण सामग्री

अन‌ि यो पनि

–केशव अधिकारी
धादिङ । कुपोषणमा परेका पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउने उद्देश्यले धादिङका ६ सय १५ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ । खाद्यान्न सङ्कटको कारण पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरी पोषण सामग्री सहयोग गरिएको हो ।

धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका ५ वर्षमुनिका बालबालिकाका परिवार, अतिविपन्न, गर्भवती, सुत्केरी भएका परिवारलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एमसिसिएनको सहयोगमा शान्ति नेपाल धादिङले पोषण सामग्री वितरण गरेको हो ।

शान्ति नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेलका अनुसार धादिङको गजुरी गाउँपालिकामा २ सय एक घरपरिवार र बेनिघाट रोराङ गाउँपालिकाका ४ सय १४ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ । घरमा खाद्यान्न सकिएको र कोरोना महामारीका कारण अभिभावक ज्याला मजदुरी गर्न जाने सम्भावना पनि नरहेका कारण कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, सामाजिक सुरक्षाभत्ताबाट वञ्चित असहाय ज्येष्ठ नागरिकका परिवारलाई पोषण सामग्री वितरण गरिएको पोखरेलले बताए ।

गएको जेठ २९ गतेबाट सुरू गरेको पोषण सामग्री वितरण कार्यक्रम ५ गते सम्पन्न भएको थियो । कुपोषणमा परेका ५ वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो ।

पाँच वर्षमुनिका कुपोषित बालबालिकाको परिवार ४ सय ५५ घर, गर्भवती भएको परिवार २१ घर, सुत्केरी भएको परिवार ९ घर, अतिविपन्न ६९ घरपरिवार, ज्येष्ठ नागरिक ८ परिवार, एकल महिलाको ७ परिवार र ३ अपाङ्गता भएको परिवारलाई पोषण सामग्री सहयोग गरिएको हो । वितरित पोषण सामग्रीअन्तर्गत चामल ३० किलो, दाल दुई किलो, तेल दुई लिटर, चिनी दुई किलो, नुन दुई किलो, अन्डा एक क्रेट, सर्वोत्तम पिठो तीन किलो र साबुन तीनवटा समावेश गरिएको छ ।

पोषण सामग्री वितरणबाट लाभग्राही परिवारका ५ वर्षमुनिका बालबालिका ८ सय ३३ जना, ६ देखि ५९ वर्षका १ हजार ८ सय ५३ जना र ६० वर्षमाथिको १ सय २३ जना लाभान्वित भएका छन् । शान्ति नेपालले सामुदायिक पोषण स्वयंसेवक, आमा समूह तथा सामुदायिक संस्थाहरुको सिफारिस र सम्बन्धित वडा कार्यालयको स्वीकृतिमा छनोट भएका परिवारहरुलाई वडाको रोहवरमा सामग्री वितरण गरेको हो । पोषण सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था र खाद्य अधिकार सञ्जाल बेनिघाट रोराङका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शान्ति नेपाल र गाउँपालिकाको साझेदारीमा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा १ सय ३४ वटा वृद्धि अनुगमन केन्द्र सञ्चालन हुँदै आइरहेको छ । गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका वृद्धि अनुगमन केन्द्रमा प्रत्येक महिना २ हजार ६ सय ४२ जना ५ वर्षमुनिका बालबालिकाको नियमित तौल अनुगमन भइरहेको छ ।

वृद्धि अनुगमन गरिएका बालबालिकामध्ये अझै पनि ६ प्रतिशत अतिकम तौल, ३ प्रतिशत शीघ्र ख्याउटेपन र २० प्रतिशत बालबालिकामा कडा पुड्कोपन रहेको छ । त्यस्तै, १९ प्रतिशतको मध्यम कम तौल, ५ प्रतिशतको मध्यम ख्याउटेपन र २५ प्रतिशतको मध्यम पुड्कोपन रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया