राप्ती नगरपालिकाको नगरसभा : ९२ करोड ९७ लाखबराबरको बजेट सार्वजनिक

अन‌ि यो पनि

राप्ती । राप्ती नगरपालिकाको नगरसभा सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ रूपैयाँको बजेट ल्याइएको नगरप्रमुख प्रभा बराल पौडेलले बताइन् ।

स्रोत र साधनको समानुपातिक वितरणलाई ध्यान दिई बजेट ल्याइएको प्रमुख बरालले बताइन् । आगामी वर्षको बजेटमा आन्तरिक स्रोतअन्तर्गत ८० करोड, प्रदेश सरकारको सवारीसाधन करबाट ४ करोड ३७ लाख ४२ हजार ४ सय २९ रूपैयाँ, सवारीसाधन कर प्रदेश सरकारबाट राजस्व संकलन ११ करोड ६८ लाख ३२ हजार रूपैयाँ, संघीय सरकार अनुदान १७ करोड ४५ लाख रूपैयाँ, संघीय सरकारको ससर्त अनुदानअन्तर्गत ३१ करोड ५२ लाख रूपैयाँ, प्रदेश सरकारको अनुदान १५ करोड २४ लाख ४ हजार रूपैयाँ, प्रदेश सरकार विशेष अनुदान २ करोड ५० लाख रूपैयाँ, प्रदेश सरकार विशेष अनुदान ६ करोड ६४ लाख १८ हजार रूपैयाँ र आर्थिक वर्ष २०७७÷०७८ को बाँकी मौज्दात ८ करोड ४६ लाख रूपैयाँ रहेको नगरप्रमुख बरालले जानकारी दिइन् ।

सभामा बजेट वक्तव्य नगर उपप्रमुख इमानसिंह लामाले प्रस्तुत गरे । नवौँ नगरसभामा प्रस्तुत भएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा छुट्टयाइएको छ । सडक तथा पुल निर्माणमा ७ करोड ७५ लाख रूपैयाँ १५ हजार विनियोजन गरिएको छ । भवन तथा सहरीमा ४ करोड ४९ लाख ९३ हजार गरी १२ करोड २५ लाख १५ हजार रूपैयाँ छुट्टयाइएको छ ।

त्यस्तै, नगरले सामाजिक विकासमा ८ करोड ८८ लाख ९२ हजार रूपैयाँ छुट्टयाएको छ । यसमा शिक्षाअन्तर्गत ३ करोड ६० लाख ७२ हजार र स्वास्थ्यमा ४ करोड १४ लाख ५९ हजार रूपैयाँ रहेको छ । आर्थिक विकासअन्तर्गत ७ करोड ८२ लाख २५ हजार रूपैयाँ छुट्टयाइएको छ, जसमा कृषिमा लक्षितकार्यक्रमसहित ५ करोड ९६ लाख ६४ हजार रहेको छ ।

यसपटकको बजेटमा व्यवस्थापन तथा सुशासनमा ५ करोड ४४ लाख रूपैयाँ ५ हजार र विपद् व्यवस्थापनमा नगरको ५० लाखसहित १३ वटै वडाको गरी २ करोड ६२ लाख रूपैयाँ रहेको छ । नगरले कार्यालय सञ्चालन तथा प्रशासनका लागि भने १७ करोड ६२ लाख ८१ हजार रूपैयाँ बजेट राखेको छ । सभा नगरप्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाको सहजीकरण नगरका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया