कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

अन‌ि यो पनि

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरू गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उमेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा छन् । पूर्वसांसद् एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिको उमेदवारी दिने बताएका छन् ।

चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भूषाल सभापतिको चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये कतिपयले १३औँ महाधिवेशनपछि जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आएका छन् ।

जिल्ला सभापति श्रेष्ठ वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताउँछन् । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उमेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।

विवादितबाहेक सदस्यता अनुमोदित

यसैबीच नेपाली कांग्रेस चितवनले विवादितबाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । सोमबार बसेको जिल्ला समितिको बैठकले विवाद देखिएका केही वडाबाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो ।

बैठकले विवाद देखिएका वडाहरुमा जिल्लास्तरीय प्रारम्भिक छानविन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ । नसकेमा सो विवादलाई रायसहित केन्द्रीय समितिमा पठाउने निर्णय भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाले २७ हजार ८३३ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये १० हजार ८२७ जना नयाँ र १७ हजार २६ जनाको नवीकरण रहेको उनले जानकारी दिए ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य रहेका छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा चार हजार ४०१, खैरहनीमा तीन हजार सात, राप्तीमा एक हजार ३४५, कालिकामा एक हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य छन् ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

 

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया