खाद्यान्न र अस्थायी बसोबासको लागि ५ करोड

अन‌ि यो पनि

हेटौंडा ०७ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र भएका ठूला विपत्तिमा राहतस्वरुप तत्काल ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। बागमती प्रदेश विपद् व्यवस्थाप समितिको सोमबार बसेको बैठकले बाढीपहिरोबाट प्रभावित भएका पीडित परिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री र अस्थायी बसोबासको लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले जानकारी दिए।

प्रदेशको सिन्धुपाल्चोक, चितवनलगायतका विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित पीडित परिवारलाई प्रदेश सरकारले राहतस्वरुप उक्त रकम छिट्टै उपलब्ध गराइने निर्णय भएको उनले बताए। सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सभा सदस्यसमेत रहेका मन्त्री नेपालका अनुसार सिन्धुपाल्चोक जिल्ला विपत व्यवस्थापन समितिलाई १ करोड, सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि ५० लाख र बाँकी जिल्लाको सम्भावित जोखिम न्यूनीकरणको लागि २५ लाख रुपैयाँ दिने निर्णय भएको हो।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया