सौराहामा बाघको आक्रमणबाट महिलाको मृत्यु, निकुञ्ज कार्यालयमा तोडफोड, नरभंक्षी बाघ नियन्त्रणमा

अन‌ि यो पनि

चितवन ०७ असार । रत्ननगर नगरपालिका वडा नं ५ जनकौली सामुदायिक वनमा सोमबार बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट निउरो टिप्न गएकी मगरटोलकी ३५ वर्षीय गीता अधिकारीको मृत्यु भएको हो। अपराहन्न करिब साढे १२ बजे अधिकारीलाई बाघले आक्रमण गरेको हो। अधिकारीलाई बाघले आक्रमण गरेको ठाउँबाट करिब ३०० मिटर मिटर पश्चिमतर्फको झाडीमा लगेर खाएको थियो । गीतासँगै अन्य तीन जना पनि निउरो टिप्न गएको र गीतालाई बाघले आक्रमण गरेपछि उनीहरुले भागेर ज्यान जोगाएका थिए।

साढे १२ बजे बाघले आक्रमण गरेर अधिकारीको शरीर खाइराख्दा दिउँसो ४ बजेसम्म पनि निकुञ्जले बाघको मुखबाट लास निकाल्ने र तत्काल बाघलाई डार्ट नगरेको भन्दै स्थानीय युवाहरु आक्रोसित भएका थिए। बाघले मान्छे मारिसकेपछि मृत शरीरको उद्दारका लागि ‘माथिको आदेश कुर्नुपर्ने’ भनेर ढिलासुस्ती गरिएको भन्दै आक्रोसित स्थानीयले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।

आक्रोसित स्थानीयले निकुञ्जको सौराहा सेन्टर कार्यालयभित्रको फर्निचरका सामान बाहिर निकालेर लागो लगाएका हुन्। तोडफोडबाट कार्यालयका सीसा फुटेका छन्। तोडफोडसँगै स्थानीय युवाहरुले निकुञ्जविरुद्ध नाराबाजीसमेत गरेका थिए। निकुञ्जमा तोडफोड र आगजनी भएपछि थप घटना हुन नदिन नेपाली सेना र प्रहरीले कार्यालयमा सुरक्षा दिएका छन्।

स्थानीयले निकुञ्ज कार्यालयमा तोडफोड र आगजनी गरेपछि मात्र नरभंक्षी बाघलाई घटना भएको करिब साढे ४ घण्टापछि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएका हुन्। उक्त बाघ हाल प्रकृति संरक्षण कोषको खोरमा राखिएको छ। बाघले गीताको टाउको पुरै खाएको र अन्य शरीरको भाग केही नगरेको अवस्थामा भेटिएको छ। गीताको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

निकुञ्जको कार्यालयमा तोडफोड र आगजनी भएको यो पहिलो घटना हो। २०५२ सालमा मध्यवर्ती स्थापना भएपछि जनता र निकुञ्जको सहकार्यमा संरक्षणका कामहरु हुँदै आएका छन्। संरक्षणलाई प्रभावकारी बनाउन मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि प्रयास भइरहेका बेला भएको उक्त घटनाले संरक्षणमा ठूलो धक्का लागेको भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त छन्।
मृगकुञ्ज उपभोक्ता समितिका निर्वतमान अध्यक्ष तथा संरक्षणकर्मी वासु ढुंगानाले मानवीय क्षति भएको घटना दुःखद् भएपनि त्यसपछि भएका तोडफोड र आगजनीजस्ता अर्को घटनाले पर्यटकीय नगरी सौराहालाई नै लज्जित बनाएको प्रतिक्रिया दिए। ‘निकुञ्ज प्रशासनले पनि घटना भइसकेपछि त्यो बाघलाई तत्काल निर्णय गरेर बाघलाई नियन्त्रणमा लिनुपथ्र्यो,’ उनले भने, ‘निकुञ्जले तत्काल काम गर्न नसक्नुमा निकुञ्ज प्रशासनको पनि ठूलो कमजोरी देखिन्छ।’

निकुञ्ज कार्यालयको सौराहा सेक्टर कार्यालयको फर्निचर बाहिर निकालेर आगजनी गर्दै स्थानीय

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले सौराहामा भएको मानवीय घटना दुःखद भएको बताए। घटना भएपछि निकुञ्ज कार्यालयमा तोडफोड गर्नु न्यायचित नभएको उनले बताए। वर्खा लागेपछि निकुञ्जले जंगल प्रवेशमा रोक लगाएको बेला निउरो टिप्न गएकी महिलालाई आंक्रमण गरेको भन्दै उनले मानवीय घटना दुःखद भए पनि त्यसमा निकुञ्ज दोषी नरहेको बताए।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले शवको उद्दारमा ढिलाई हुँदा आक्रोसित भीडले निकुञ्ज कार्यालयमा तोडफोड गरेको भन्दै बाघले मान्छे खानु र तोडफोड हुनु दुवै घटना दुःखद भएको बताए। स्थानीयले मध्यान्ह साढे १२ बजेको समयमा घटना भएको भए पनि प्रहरीले भने १ बजेको समयमा घटना भएको र २ बजेपछि मात्रै प्रहरीलाई जानकारी आएको बताएको छ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया