राक्सिराङका ४५० परिवारलाई गैरसरकारी संस्थाको खाद्यान्न सहयोग

अन‌ि यो पनि

चितवन ०७ असार । नेपाल हिल्फ डिरेक्ट र अफ्रिकन लुज द इस्लान नामक दुई गैरसरकारी संस्थाको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ। ग्रीन सोसाइटी नेपाल र खैरहनी हेल्प डेस्कको समन्वयमा दुई संस्थाले करिब १० लाख रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री सहयोग गरेको हो। ४५० घर परिवारको लागि प्रतिपरिवार २० केजी चामल, दुई पोका मस्यौरा, एक किलो नुन र एक लिटर खाने तेल वितरण गरिएको हो।

१२ परिवारको लागि भने खाना पकाउने र खाने भाँडावर्तनसहित राहत वितरण गरिएको ग्रीन सोसाइटी नेपालका महासचिव एवम् पर्यटन व्यवसायी शीरलाल परियारले जानकारी दिए। यसअघि स्थलगत अवलोकन गरेर सोही आधारमा विपन्न परिवारलाई सहयोग गरिएको उनले बताए। केही दिनअघि मात्रै चितवनको कालिका नगरपालिका वडा नम्बर १० का विपन्न चेपाङ बस्तीमा पनि उनको पहलमा ठूलो परिमाणमा राहत वितरण भइसकेकाे छ। कोरोनाको असरका कारण काम गरेर खान नपाएका विपन्न परिवारलाई निषेधाज्ञाको सुरुवातदेखि नै सहयोग गर्दै आइरहेको उनको भनाइ छ।

राहतबापतको खाद्यन्न पाएपछि बोकेर घरतर्फ उकालो लाग्दै स्थानीय

भौगोलिक विकटता र आर्थिक अवस्था कमजोर हुनुका साथै रोजगारी गर्ने वातावरण नभएकै कारण घरमा अन्नको गेडो सकिएको परिवालाई केही दिन भए पनि भोक मार्ने प्रयास गरिएको सहयोगको लागि समन्वय गरेको अर्को संस्था खैरहनी हेल्प डेस्कका संयोजक एवम् सञ्चार उद्यमी रामेश्वर रिजालले बताए। ‘यस्तो बेलामा जस्ले जे सकिन्छ, त्यही गर्ने हो,’ उनले भने, ‘हामीले पनि सामाजिक क्षेत्रमा काम गर्दै आएको संघसंस्थासँग समन्वय गरेर यहाँसम्म ल्याउने प्रयास मात्रै गरेका हौँ।’

राक्सिराङ गाउँपालिकाको वडा नं. ६ सिलिङ्गे र आसपासमा अधिकांश चेपाङ र केही तामाङ जातीको बसोबास छ। भौगोलिक विकटताकै कारण हरेक वर्ष खाद्य अभाव हुने गरेको पूर्व सांसद एवम् चेपाङका नेता गोविन्दराम चेपाङले बताए। हरेक वर्ष दाताहरुले राहत वितरण गर्दै आए पनि अनिकालको दिगो समाधान नभएकोले सरकारी तथा गैरसरकारी निकायले दिगो व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए। यहाँ गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माको नेतृत्वमा राहत वितरण गरिएको हो। मकवानपुर जिल्लाको साविकको काँकडा गाविसमा पर्ने यी क्षेत्र अति नै विकट मानिन्छ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया