चितवनका अस्पतालमा २३५ को उपचार : भेन्टिलेटरमा ३० र आइसियूमा ९३

अन‌ि यो पनि

चितवन ०५ असार । चितवनका अस्पतालमा सोमबार २३५ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये ३० जना भेन्टिलेटरमा, ९३ जना आइसियूमा र ३९ जना एचडियूमा छन्। बाँकी १०० जना भने जनरल वार्डमा बसेर उपचार गराइरहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

१६ जना डिस्चार्ज
चितवनबाट सोमबार १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट नौजना, चितवन मेडिकल कलेजबाट २ जना, पुरानो मेडिकल कलेजबाट ४ जना र कालिका आइसोलेसन केन्द्रबाट एक जना गरी १६ जना घर फर्किएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्।

चारको मृत्यु
चितवनका अस्पतालबाट सोमबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा १जना चितवन १ जना नवलपरासी र चितवन मेडिकल कलेजमा चितवनका दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया