चितवनमा १२८ जना संक्रमित थपिए, ९३ संक्रमणमुक्त, चार जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा १२८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज सोमबार एकैदिन १२८ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ९३ जना रहेका छन् । ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भरतपुर महानगरमा ६९, खैरहनीमा ६, माडीमा २, रत्ननगरमा १३, राप्तीमा ३, कालिकामा ५ र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ४६२ पुगेको छ । हस्पिटल आइसोलेसनमा ९०, होम आइसोलेसनमा एक हजार १२५ जना रहेका
छन् । १३ हजार ९४० जना हालसम्म संक्रमणमुक्त भएका छन् । २६९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया