आलोपालो व्यवसाय सञ्चालन गर्न दिन उवासंघ चितवनको माग

अन‌ि यो पनि

भरतपुर, असार ७ । उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका गर्न पाउ भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र एका छन् ।

संघका अध्यक्ष राजु श्रेष्ठले निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउँदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरी आलोपालो उद्यम, व्यवसाय सञ्चालन गर्न वातावरण बनाइदिन चितवनका प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हुन् ।

कोरोना संक्रमणको अवस्थालगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रही सरकारलाई सहयोग गर्दै आएको र आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहेको अध्यक्ष श्रेष्ठले बताए ।

व्यवसाय सञ्चालनका लागि गरिएको माग पत्र बमोजिम अत्यावस्यक वस्तु तथा सेवा वाहेक संघमा आवद्ध भएका ३६ वटा वस्तुगत संघ माताहतका व्यवसायहरु, उद्योग कलकारखानालाई दैनिक ६ घण्टाका दरले हप्ताको ५ दिन आलोपालो पद्धति बमोजिम सञ्चालन गर्नका लागि अनुरोध गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

यसैगरी यातायातका सन्दर्भमा जोर विजोर प्रणाली बमोजिम तथा होटल तथा लजका सम्बन्धमा भौतिक दुरी कायम गर्ने गरी सञ्चालनका लागि माग गरिएको संघको सचिवालयले बताएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षत्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जिवी सुवेदी भोजराज कौडाल र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया