परीक्षण कम हुँदा संक्रमितको संख्या पनि घट्यो

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि निरन्तर कम हुँदै आएको छ ।

पछिल्लो हप्ता दुई हजार ७५० जनामा कोरोना परीक्षण भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । ती मध्ये ४५१ जनामा संक्रमण पुष्टि भयो । यस अवधिमा ६८१ जना संक्रमित संक्रमण मुक्त भए । यस हिसाबले संक्रमण दर १६.४ प्रतिशत देखिन्छ ।

परीक्षण कम भएपनि निको हुनेको संख्या नयाँ संक्रमितको तुलनामा बढी नै छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेज (सिएमसी)मा मेशिन बिग्रिएपछि परीक्षण कम भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।

भरतपुर अस्पताल र सिएमसीमा शनिबार र आइतबार परीक्षण भएन । ‘मेशिन बिग्रिएकाले उहाँहरुले सोमबार बिहान परीक्षण गरेर रिपोर्ट पठाउनुभयो । त्यसैले गर्दा आइतबार संक्रमितको संख्या कम देखिएर सोमबार बढी देखियो’, उनले भनिन् ।

पछिल्लो २४ घण्टामा १२८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९३ जना संक्रमण मुक्त भएका छन् । सोमबारसम्म चितवनमा सक्रिय संक्रमितको संख्या १ हजार २५३ रहेको छ ।

खोप लगाएका एक जनाको मृत्यु

पहिलो र दोस्रो डोजको कोरोना खोप लगाएका चितवनका एक संक्रमितको मृत्यु भएको छ । अन्य रोगबाट समेत ग्रसित एक पुरुष संक्रमितको मृत्यु भएको हो । कोरोना खोप लगाएका व्यक्तिमा गम्भिर किसिमको संक्रमण नभेटिएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकाल बताउँछिन् ।

उनका अनुसार पहिलो डोजको खोप लगाएका व्यक्तिमा संक्रमण दर करिब १० प्रतिशत पाइएको छ । पहिलो र दोस्रो दुवै डोजको खोप लगाएका व्यक्तिमा संक्रमण दर दुई प्रतिशतको हाराहारीमा छ । खोप लगाएका व्यक्तिमा संक्रमण पाइएपनि गम्भिर अवस्था भने नरहेको उनले बताइन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया