२९३ जनामा स्क्रब टाइफस र २४३ मा डेंगुको संक्रमण

अन‌ि यो पनि

भरतपुर, ७ असार । चितवनमा चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म २९३ जनामा स्क्रब टाइफस र २४३ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । चितवनका १५२ जना र चितवन बाहिरका १४१ जनामा स्क्रब टाइफसको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

स्क्रब टाइफसको संक्रमणबाट चितवनका एक संक्रमितको मृत्यु भएको छ । चितवनका संक्रमितहरुमा ८० जना महिला र ७२ जना पुरुष छन् । गत आव २०७६÷७७ मा जिल्लामा १२७ जनामा संक्रमण भेटिएको थियो भने दुई जनाको मृत्यु भएको थियो ।

यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । मानिसबाट मानिसमा भने सर्दैन । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

चालु आवको हालसम्म २४३ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनका १४९ र जिल्ला बाहिरका ९४ जनामा संक्रमण पाइएको हो । डेंगुबाट भने कुनै पनि विरामीको मृत्यु नभएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।

गत आवमा चितवनमा ४ हजार ८०३ जनामा डेंगुको संक्रमण भेटिएको थियो । ३ जना डेंगु संक्रमितको मृत्यु भएको थियो । एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया