चितवनमा कोरोना : घटे सङ्क्रमित, घटेन मृत्यु 

अन‌ि यो पनि

–किशोर खनाल

भरतपुर । चितवनमा कोरोनाको नयाँ सङ्क्रमितको संख्या घटे पनि उपचारमा रहेका सङ्क्रमितको मृत्यु हुने संख्या भने घटेको छैन । स्वास्थ्य कार्यालय चितवनले नयाँ सङ्क्रमित हुनेको संख्या ओरोलो लागेपछि उपचारमा रहेको सङ्क्रमित हुनेको संख्या कम नभएको जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार चितवनमा दैनिक ४/५ (अनुपातमा) जनाको मृत्यु भइरहेको छ । उनले भने, ‘नयाँ सङ्क्रमित हुनेक्रम कम हुँदै आए पनि सङ्क्रमितको मृत्यु हुनेक्रम अझै घटेको छैन ।’

उनले अझै गम्भीर बिरामीहरु उपचारमै रहेको हुनाले केही दिन मृत्यु हुने संख्या नघट्ने बताए । उनले भने, ‘कोरोनाका गम्भीर बिरामी त उपचारमै छन्, भेन्टिलेटरमा छन्, आइसियूमै छन् । ती बिरामी ‘रिक्स जोन’मै रहेका कारण केही दिन मृत्यु संख्या नघट्ने अनुमान गरिएको छ ।’

९४ जना सङ्क्रमणमुक्त 

स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आइतबार एकैदिन ९४ जना सङ्क्रमणमुक्त हुँदा सङ्क्रमित हुनेको संख्या जम्मा तीन जना रहेको छ । दुई अस्पताल भरतपुर र चितवन मेडिकल कलेजको रिपोर्ट प्राप्त नभएका कारण आइतबार सङ्क्रमण हुनेको संख्या ज्यादै कम भएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारी बताउँछन् ।

भरतपुर महानगरमा १ र माडीमा २ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा सङ्क्रमितको संख्या १५ हजार ३३२ पुगेको छ । हस्पिटल आइसोलेसनमा १०१, होम आइसोलेसनमा एक हजार ७८ जना रहेका छन् । १३ हजार ८४७ जना हालसम्म सङ्क्रमणमुक्त भएका छन् । हालसम्म चितवनमा २६५ जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

चार जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा चितवनका अस्पतालमा चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँका अस्पतालबाट १६ जना डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालबाट ९, चितवन मेडिकल कलेजबाट २ र पुरानो मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन् भने एक जना कालिका अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भरतपुर अस्पतालमा २ र चितवन मेडिकल कलेजमा २ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आइसियू र भेन्टिलेटर गरी यहाँका अस्पतालमा १२३ जना सङ्क्रमितको हाल उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार ३९ जना सङ्क्रमित एचडियूमा र एक सय सङ्क्रमितको जनरल वार्डमा उपचार भइरहेको छ ।

कोरोना सङ्क्रमितको उपचार खासगरी भरतपुरको तीन अस्पतालमा भइरहेको छ । भरतपुर अस्पतालमा २१ जना आइसियूमा, २ जना भेन्टिलेटरमा, २२ जना एचडियूमा र ३४ जना सङ्क्रमितको जनरल वार्डमा उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा ४८ जना आइसियूमा, १८ जना भेन्टिलेटरमा र १३ जना एचडियूमा छन् । यस्तै, पुरानो मेडिकल कलेजमा १० जना, आइसियू र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया