विश्व योग दिवसको सन्दर्भ

अन‌ि यो पनि

हरेक वर्ष जुन २१ तारिखका दिन विश्व योग दिवस मनाउने गरिएको छ । यसै सन्दर्भमा योगलाई लिएर आज देशमा केही कार्यक्रमहरु आयोजन गरिएका पनि छन्, यद्यपि अघिल्लो वर्षझैँ यसवर्ष पनि कोरोना महामारीका कारण त्यति औपचारिक कार्यक्रमहरु नहुने निश्चितजस्तै छ । ‘स्वस्थताका लागि योग’ यसवर्षको मूल नारा रहेको छ । योगको प्रणेताका रुपमा पतञ्जलिलाई लिइन्छ । योग परम्परालाई हाल उनका अनुयायीका रुपमा चर्चा कमाएका स्वामी रामदेवलगायतले अघि बढाइरहेका छन् । योगले सामाजिक विकृतिहरुलाई कम गर्नेमात्र नभई स्वस्थ र सुन्दर जीवनको परिकल्पनालाई समेत मूर्तरुप दिने हुनाले यसप्रति हालका दिनमा धेरैको चासो र सरोकार बढिरहेको देख्न पाइन्छ । योगले दिने सबैभन्दा ठूलो शिक्षाका रुपमा रहेको सरल जीवनपद्धति र सरलतापूर्ण व्यवहार नै हो । अझ, प्राकृतिक उपचार पद्धतिबाट हरेक प्रकारका रोगहरुको उपचार सम्भव रहेको कुरा विभिन्न ऋषिमहर्षिहरुले बताउँदै आएका पनि छन् ।

योगलाई चिकित्सा विज्ञानको रुपमा मान्ने गरिएको छ, जसलाई समाज परिवर्तनको प्रमुख कारकका रुपमा समेत लिइएको पाइन्छ । योगसाधनालाई धेरै प्रकारले परिभाषित गरिए पनि यसले बढी श्वासप्रश्वासको गतिसँग प्रत्यक्ष सरोकार राख्ने गर्छ । श्वासप्रश्वासको गतिलाई लयबद्ध गरेर शारीरिक ऊर्जाद्वारा स्वस्थता प्राप्त गर्नुले नै योगलाई उच्चता प्रदान गरेको पनि छ । विशेषगरी, योगले चित्तवृत्ति निरोध र योगसिद्धिका कुरामात्रै गरेर आध्यात्मिक गहिराइमा पुग्दै समाधि प्रयोग गर्नुलाई ध्येय मान्दैन । यस अर्थमा हेर्दा पनि सरल विधि र जीवन उपयोगी पद्धतिप्रति विश्वास गरेर विश्वका कराडौँ मान्छेहरु योगलाई लिएर सकारात्मक देखिनु वर्तमान समयमा निकै मह¤वपूर्ण लाग्छ । उनीहरु योगप्रति बढी आकर्षित रहनुमा पनि यही कुराको प्रमुख हात रहेको छ । कतिपय योगीहरुको धारणा त अध्यात्म र समसामयिकतालाई सँगसँगै प्रयोग गरेरमात्रै योगले उचाइ लिन सक्छ भन्ने पनि देखिन्छ । जे होस्, योगका बारेमा छलफल र बहस हुनु नराम्रो होइन, हुनुपर्छ ।

विश्वभर नै योगको प्रभाव बढिरहेको अवस्थाबाट नेपाल पनि अछूतो छैन । खासगरी, भारतका स्वामी रामदेवजस्ता सन्तहरुले नेपालमा योगको सन्दर्भमा क्रान्ति नै ल्याइदिएका छन् भन्दा अन्यथा हुँदैन । योग हरेक वर्गका मानिसहरुका लागि सहजै उपलब्ध हुने पद्धति पनि हो, जसमा जातभातको सङ्कुचित दायरा पनि छैन । हाल सञ्चालन भएका र हुने कयौँ योगशिविरहरुलाई आधार मानेर हेर्दा कुनै जातपात र छुवाछूतको गन्ध त्यहाँ पाइँदा पनि पाइँदैन । यस अर्थले पनि योगलाई सबैका लागि सर्वसुलभ बनाएकोमा शङ्का छैन । योगसाधनाको माध्यमबाट समाज परिवर्तनको मुख्य कारक बन्न सक्ने हो त्यो बढी उपलब्धिमूलक ढहर्छ । समाजमा अवस्थित हरेक क्षेत्रको मह¤व र सकारात्मक प्रयोगका बारेमा योगसाधनामार्फत उजागर गर्न सक्ने हो भने भोलिका दिनमा समाज रुपान्तरणलाई लिएर ठूलो परिवर्तनसमेत आउने निश्चित छ । योददर्शनले दिने शिक्षालाई सबैले मनन गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो । त्यसैले, ‘योग गरौँ र स्वस्थ बनौँ ।’ यसलाई हरेकले आफ्नो मूल मन्त्र बनाऔँ ।

 

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया