पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

अन‌ि यो पनि

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर मार्फत सदरमुकाम धादिङबेसी ल्याइएको छ ।
धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक अन्र्तगत रुवीभ्यालीको वडा नम्बर २ अताखोलाको भिरमा सडक खन्नेक्रममा बिहीवार बेलुकी पहिरोले स्काभेटर सहित पुरिएपछि २३ बर्षिय पराजुलीको ज्यान गएको हो । सडक निर्माणका लागि प्रयोग भएको स्काभेटरका चालक पराजुलीको शव शनिवार फेला परेको थियो भने सह चालक धादिङ रुवीभ्याली ५ का २० बर्षिय जोजो तामाङको अवस्था अझै खुल्न सकेको छैन ।
पराजुलीले चलाएको स्काभेटर टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको छ ।   घटनास्थलमा निरन्तर पानी परिरहेको र सडक संजालबाट त्यहाँ पुग्ने अबस्था नरहेकाले रुवीभ्याली गाउँपालिका र स्थानीय प्रशासनको पहलमा पराजुलीको शव हेलिकप्टरमार्फत आईतबार धादिङबेसी ल्याइएको हो । पराजुलीको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाईने भएको छ ।
घटनास्थलमा पहिरो खस्ने क्रम जारी रहेको र पहिरो खस्दा भीर बनेर थप जोखिम बढ्दै गएकाले खोजी कार्यमा समस्या भएका को रुविभ्याली–२, का वडा अध्यक्ष पेम्बा घलेले बताए । पहिरो खसेर खोलामा थुप्रिन पुगेको ढुंगाको थुप्रो पन्छाउन डोजर नै खोलामा झार्नु पर्ने भएकाले समस्या भएको वडाअध्यक्ष घलेले बताएका छन् ।
धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ बीचको भीरमा सडकको ट्रयाक खोल्ने क्रममा पहिरो खस्दा शुक्रबार बेलुकी स्काभेटरसहित दुई जना बेपत्ता भएका थिए ।
प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया