४० हजार घूससहित धादिङका सहायक वन अधिकृत पक्राउ

अन‌ि यो पनि

धादिङ । नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग घूस लिएर गैरकानुनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले ४० हजार नगदसहित पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । गोप्य उजुरी निवेदनको आधारमा छापामार्न आएको अख्तियार टोलीले कार्यालय प्रमुख पौडेललाई पक्राउ गरेको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताए ।

एक फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्ने बहानामा ४० हजार नगद मागेर कागजपत्र मिलाउँदै गरेको अवस्थामा सहायक वन अधिकृत पौडेल पक्राउ परेका हुन् । पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् ।

पौडेलले गत वर्षको कात्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया