हेल्प डेक्स खैरहनीद्वारा सिन्धुपाल्चोकमा सोलारसहितको राहत वितरण

अन‌ि यो पनि

खैरहनी । हेल्प डेक्स खैरहनी, चितवनले शनिबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित बाढीबाट विस्थापित घरपरिवारहरुको लागि सोलार तथा राहत सामग्री सहयोग गरेको छ । हेल्प डेक्सका सूचना अधिकारी एवं पत्रकार रामेश्वर रिजालका अनुसार बाढीबाट विस्थापित सञ्चारविहीन ४०० घरपरिवारका लागि चार्जरयुक्त सोलार, राहतस्वरुप खाद्यान्न तथा औषधिलगायतको सामग्री उपलब्ध गराइएको हो ।

कोभिडबाट थिलोथिलो परेको सिन्धुपाल्चोक जिल्लामा यतिखेर प्राकृतिक विपत्तिको समेत सामना गर्नु परेको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै हेल्प डेक्स खैरहनीले नेपाली सेनामार्फत बाढीबाट विस्थापित परिवारसमक्ष पु¥याउन मेलम्ची नगरपालिकामा रहेको कालीगढमा १० थान सोलार, २० थान बत्ती, २० बोरा भुजा, ५ बोरा चिउरा, ५ बोरा दालमोठ, ७ बोरा बिस्कुट, २० कार्टुन चाउचाउ तथा स्वास्थ्य सामग्री सहयोग गरिएको पत्रकार रिजालले बताए ।

हेल्प डेक्स खैरहनीबाट हालसम्म २५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिइसकेको अभियन्ता वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार हेल्प डेक्स खैरहनीमार्फत अतिविपन्न परिवारहरुका लागि निःशुल्क फुड एम्बुलेन्स, कोभिड सङ्क्रमित बिरामीहरुको मनोबल वृद्धि गर्न स्वास्थ्य परामर्श, पौष्टिक खाद्य पदार्थ वितरण, प्रेमोपहारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कोभिडको दोस्रो लहर सुरू भएसँगै ग्रेट एफएम, श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति चितवन र ग्रेट टिभीको संयुक्त आयोजनामा खैरहनी पर्सामा सुरू गरिएको हेल्प डेक्समार्फत आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारीसाधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पु¥याइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिनेलगायतका सेवा सञ्चालन भइरहेको छ ।

यसै क्रममा संकटको समयमा प्राकृतिक विपत्तिबाट बढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा पनि राहत सामग्री वितरण गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया