प्रेमवस्तीमा घुम्ती रक्तदान शिविर

अन‌ि यो पनि

भरतपुर । भरतपुर–७, प्रेमवस्तीमा घुम्ती रक्तदान शिविर हुने भएको छ । एरिया ३ का लियो क्लबहरुको अग्रसरतामा जारी साप्ताहिक घुम्ती रक्तदान शिविरअन्तर्गत मंगलबार बिहान प्रेमवस्ती स्कुलचोकनजिकै रक्तदान कार्यक्रम हुन लागेको हो ।

लियो क्लब अफ नारायणगढका अध्यक्ष गणेश जिसीले अस्पतालमा बिरामीको उपचारमा रगत अभावको समस्या हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रम असार ८ गते बिहान ७ बजेदेखि सुरू हुनेछ ।

जनस्वास्थ्यका सबै मापदण्ड पालना तथा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम गरिने जनाइएको छ । उज्ज्वल टोलका अध्यक्ष रामचन्द्र चालिसेले सामाजिक सेवामा सहभागी हुन आह्वान् गरेका छन् ।

कोभिड–१९ का कारण जारी निषेधाज्ञाका कारण बिरामीले उपचारमा सहजै रगत नपाउने अवस्थालाई मध्यनजर गरेर कार्यक्रम गर्न लागिएको हो ।

‘जहाँ रगतको अभाव त्यहाँ लियो’ भन्ने नारासहित विश्व रक्तदाता दिवसको अवसर पारेर साप्ताहिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यसअघि भरतपुर, गैँडाकोट, रत्ननगर, पर्सा, वीरेन्द्रनगरलगायतका ठाउँमा घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भइसकेका छन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया