रत्ननगरको नीति तथा कार्यक्रम: विभिन्न कर छुट, विपन्न किसानलाई अनुदानमा गाई

अन‌ि यो पनि

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले नवौ नगर सभा मार्फत आर्थिक बर्ष २०७८/७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा किसानलाई अनुदानमा गाई र रावश्व संकलनलाई प्रभावकारी बनाउन कर छुटलाई प्राथमिकता दिइएको छ । नगर सभा मार्फत कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ । पर्यटकीय नगरी सौराहामा सफारीको लागि प्रयोग हुँदै आएका हात्तीबाट लिइदै आएको कर छुट दिइएको छ । सो नगरपालिकाले एउटा नीति हात्तीबाट बार्षिक ४ हजार ५०० रुपैया कर लिदै आएको थियो । बजेट प्रस्तुत गर्दै उपमेयर दुवाडीले आगामी आर्थिक बर्षबाट हात्ती व्यवसायीबाट लिइदै आएको कर छुट दिइएको जानकारी दिइन । छुट कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७७/७८ को कार्तिक मसान्त सम्म सम्पती कर बुझाएमा १० प्रतिशत छुट, आर्थिक बर्ष २०७७/७८मा व्यवसायिक प्रयोजनका लागि १० प्रतिशत र आबासीय प्रयोजनका लागि ७ प्रतिशत छुट दिने र वहालकर ३ प्रतिशत लाग्ने नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७७/७८ को व्यवसायिक कर कार्तिक मसान्त सम्ममा बुझाएमा २० प्रतिशत र विगतको बक्यौता कार्तिक मसान्त सम्म बुझाएमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

त्यसैगरी अघिल्ला बर्षका बक्यौतामा १ बर्ष सम्मको बक्यौतामा २० प्रतिशत एक बर्ष भन्दा बढीकोमा ३० प्रतिशत जरिवाना तोकिएको उनले बताए । सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । नगर प्रमुख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरबासीलाई कोरोनाबाट जोगाउन कोरोना खोप खरिद, मागमा आधारित कृषकलाई गाई वितरण,नगर प्रमुख उद्यमशिलता कार्यक्रम, नगर प्रमुख विशेष कोष,नगर उपप्रमुख संग महिला,सार्वजनिक जग्गा संरक्षण घेराबार कार्यक्रम,रत्ननगर १६ मा पर्यटकीय पार्क निर्माण, टिकौलीचौरमा कृष्णसार संरक्षणका लागि बासस्थान निर्माण,टिकौली इकोपार्क कल्चरल भिलेज,वडा नं ४ का कबर्डहल निर्माण, एम्बुलेन्स तथा सब वहान खरिदलाई महत्वपूर्ण योजनाका रुपमा सार्वजनिक गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया