ध्यानी र अध्यानीको मृत्युका दुई प्रकार

अन‌ि यो पनि

ओशो, माँ विपश्सना र स्वामी चिन्मयले मृत्युपूर्व छैठौँ चक्रसम्म यात्रा गर्नु भो । स्वामी देवतीर्थ भारती र हिजो नै स्वामी आनन्द विमलकीर्ति आफ्नो मृत्युभन्दाअघि परमबोधिमा उपलब्ध हुनु भो । ओशो, के मृत्युमा बुद्धत्वको घटना जीवनमा जागरणभन्दा सजिलो हो ? बुझाउने अनुकम्पा गर्नुहोस् । अब त कवीरदासको यो साखी नै हामी सबै सन्यासीहरुको अभिप्सा छ–
जिस मरने से जग डरै मेरो मन आनन्द ।
कब् मरिहौँ कब् भेटिहौँ पुरन परमानन्द ।।
जीवनमा जाग्न तब सम्भव छ जब जीवित अवस्थामा नै तिमीलाई मृत्युको बोध स्पष्ट हुन्छ । जागरण त सधैँ मृत्युकै कारणले हुन्छ, चाहे जीवनमा होस् या मृत्युमा । जब तिमीलाई यो देखिन थाल्दछ कि यो हाम्रो जीवन चारैतिर मृत्युले घेरिएको छ, अब गयो, तब गयो । ढिलो चाँडो हो, मृत्यु आइसकेको छ । हामी पंक्तिबद्ध भएर उभिएका छौँ । एक–एक व्यक्ति अघि बढिरहेछ । पंक्ति छोटिँदै गइरहेछ । पंक्ति छोटो हुँदै गइरहेछ । हामी मृत्युको ढोका नजिक पुगिरहेछौँ ।
हर जन्मदिनमा तिमीले जन्मदिन हैन मृत्युदिन मनाउनुपर्छ । किनकि एक साल अरु जिन्दगीबाट कम भयो । जन्मेपछि नै बच्चा एकदम मर्न सुरू गर्दछ । त्यही क्षणमा किनकि एक एक पल जीवनको काटिन लाग्यो र थोपा थोपा सिध्दिँदा–सिध्दिँदै पूरै गाग्रो खाली हुन्छ । गाग्रो के, सागर पनि खाली हुन्छ । जसलाई यति बोध छ, जसकोभित्र यति तीक्ष्ण प्रतिभा छ कि ऊ जीवनमा नै मृत्युलाई लुकेको देख्छ । ऊ त जीवनमा नै जाग्दछ । र, यदि यसमा केही ढिलाइ भयो भने मृत्युको क्षणमा एक परम अवसर मिल्दछ । तर, त्यो पनि तबमात्र मिल्न सक्छ जब जीवनमा धेरथोर ध्यानको प्रयोग गरेको होस् । यदि बिल्कुल प्रयोग गरेको छैन भने त्यो मिल्दैन ।
मृत्यु दुई प्रकारले घट्दछ : ध्यानीको र अध्यानीको । अध्यानी त मृत्युभन्दा पहिले नै बेहोस हुन्छ । त्यसैले बेहोसीमै मर्दछ । तर, ध्यानी, जसले अलिकति पनि ध्यान साधेको छ, मृत्युमा पनि ध्यानको त्यति सुक्ष्म किरणलाई बचाउन सक्दछ । र, त्यही सुक्ष्म किरणको कारणले उसलाई दूरी स्पष्ट हुन्छ कि शरीर मरिरहेछ, मन मरिरहेछ; म मरिरहेको छैन । र, जसै यो अनुभव भयो कि म मर्दैछैन, निर्वाण उपलब्ध भयो, साश्वतता मिल्यो, अमृतको अनुभव भो ।
तर, जिउँदैमा यो अनुभव अलि मुस्किल छ । बालापनमा होस कहाँ ? बालापनमा खेलौनाले अल्झाउँछन् । अनि युवावस्थामा खेलौना बदलिन्छन् । तर, खेल जारी रहन्छ । साना बच्चाहरु खेलौनाहरूसँग खेल्दछन्, खेलौनाहरुको विवाह रच्दछन् । युवा आफ्नो विवाह रच्न लाग्दछ । त्यही खेलौनाहरूकै खेल हो, अलि परिमाण ठूलो हो । जिन्दगीले सबै दृश्य देखाउँदछ, चुनाव हामीमा छ । काँडा पनि, फूल पनि र दिन पनि, रात पनि । सुख पनि र दुःख पनि । जिन्दगीले सबै ल्याउँछ । तर, चुनाव हामीमा निर्भर छ । देख्ने क्षमता हामीमा निर्भर छ । पहिचान हामीले गर्नुपर्छ । यसो त चिन्नेलाई हीरा पनि पत्थर हो । हैन भने पत्थर पनि हीराझैँ लाग्न सक्छ; जो चिन्दैनन् । पारखीको नजर चाहिन्छ ।
बाटाका अल्झाइहरु, बाटाका घुमाउरा मोडहरु नै यति प्यारो लाग्दछन्, हामी त्यहीँ भट्किन्छौँ । आफूलाई यसो सम्झाइ–बुझाइ गर्दछौँ । सबै संयोगको कुरा हो भन्दै आफूलाई सम्झाउँछौँ । नदी–नाव संयोग । सम्झाइ रहन्छौँ कि जे गुज्रिनु छ त्यो गुज्रन्छ नै । जे गुज्रिनु छ त्यो त अवश्य गुज्रन्छ नै । तर, तिमी त नगुज्र, तिमी त ऊसँगै नबग !
जिन्दगीमा त्यही अवसर तिमीलाई छ, जुन कबिरलाई, जुन नानकलाई, जुन बुद्धलाई, जुन महावीरलाई, त्यही अवसर सबैलाई छ । तर, हरेक व्यक्ति आआफ्नो हासको हिसाबले चुन्दछ । बच्चाहरुसँग त आशा गर्न सकिन्न । जवान अत्यन्त महŒवाकांक्षाहरुले भरिएको हुन्छ । तर, हैरानी यो हुन्छ कि बुढाहरुको पनि त्यही गोरखधन्धा, त्यही बेवकुफीहरु, त्यही दुनियाभरको उल्टो–पाल्टो काम । मर्ने बेलासम्म मान्छेहरु अलिकति पनि आफूलाई साँच्दैनन् । अनि मृत्यु आउँछ, बेहोसी ल्याउँदछ ।
तर, शैलेन्द्र ! यदि ध्यानको गति बनि नै रह्यो भने मृत्यु परम् अवसर हो । महाअवसर हो किनकि मृत्यु आखिरी मौका हो । जिन्दगीभर यदि ध्यानको अलिकति पनि धाराभित्र सघन भइरह्यो भने मृत्युमा गएर प्रगाढ हुन्छ, प्रज्ज्वलित भएर उठ्दछ । त्यो जुन टिमटिमाउँदो दियोझैँ बल्दथ्यो; मृत्युमा ज्वलन्त हुन्छ, जंगलको आगो हुन्छ । मृत्युको क्षणमा यदि होस बनिरहे मुक्ति सुनिश्चित छ, निर्वाण सुनिश्चित छ ।
जीवनभन्दा पनि अझ ठूलो अवसर मृत्यु हो । तर, मृत्यु तबमात्र अवसर हो, जब तिमीले जीवनको अलिकति कमसे कम अलिकति, एक अंश भए नि ध्यानको लागि समर्पित गरेका छौँ । तब मृत्यु पनि मृत्यु होइन; सिर्फ अमृतको द्वार हो । आफूलाई अलिअलि अल्झाइहरुबाट बाहिर निकाल । तर्क नखोज । अल्झिनको लागि धेरै तर्क छन् ।
यकीं को वहम, हकिकत को ख्वाब कैसे कहूँ
जश्ने–शौक को मौजे–सराब कैसे कहूँ
हजार कुर्बतें जिसमे हो, ऐसी दुरी को
गुरेज कैसे कहूँ, इज्तिनाब कैसे कहूँ
खिले हुए हों जहाँ सौ चमन जराहत के
वो मेरा दिल हि सही, मै खराब कैसे कहूँ
हजार निस्बतें पिन्हां सही , मगर फिर भी
तेरी जफा को तिरा इज्तिराब कैसे कहूँ
मिरा बुजुद मुजस्सम सवाल है लेकिन
जमाना देगा मुझे क्या जबाब,कैसे कहूँ
मता– ए– शौक से खाली है मदरिसा ‘ताबां’
जुनुं के दर्स को दर्से – किताब कैसे कहूँ
यकीं को वहम, हकिकत को ख्वाब कैसे कहूँ
यो यथार्थलाई सपना कसरी भनौँ ? तर, यो सपना हो किनकि एकदिन थिएन र एकदिन फरि छैन हुने छ । सपनाको अर्को के अर्थ हुन्छ ? भन या नभन । सपनाको अर्थ हुन्छ– जुन अहिले छ, अहिल्यै छैन; अहिले थिएन, फेरि हुनेछैन । तर, चाहयौँ भने आफूलाई चित्त बुझाउने बाटो गर्न सक्छौँ ।
यकीं को वहम, हकिकत को ख्वाब कैसे कहूँ
जश्ने–शौक को मौजे–सराब कैसे कहूँ
यो आकांक्षाहरुको संसारलाई मृगमरिचिका कसरी भनुँ ? यो यति प्यारो संसार, यो यति प्यारो सपना, यो यति प्यारो आकांक्षाहरु, यो यति मिठा–मिठा सोचविचार ।
यकीं को वहम, हकिकत को ख्वाब कैसे कहूँ
जश्ने–शौक को मौजे–सराब कैसे कहूँ
हजार कुर्बतें जिसमे हो , ऐसी दुरी को
गुरेज कैसे कहूँ, इज्तिनाब कैसे कहूँ
कसरी भनुँ विरक्ति, कसरी भनुँ पलायन ?
खिले हुए हों जहाँ सौ चमन जराहत के
वो मेरा दिल हि सही, मै खराब कैसे कहूँ
हजार निस्बतें पिन्हां सही, मगर फिर भी
तेरी जफा को तिरा इज्तिराब कैसे कहूँ
मिरा बुजुद मुजस्सम सवाल है लेकिन
मेरो अस्तित्व एक साकार प्रश्न हो
जमाना देगा मुझे क्या जबाब, कैसे कहूँ
मता–ए–शौक से खाली है मदरिसा ‘ताबां’
प्रेमरुपी पुँजीले यो पाठशाला त खाली छ
मता–ए–शौक से खाली है मदरिसा ‘ताबां’
जुनुं के दर्स को….
उन्मादलाई, पागलपनलाई ….
जुनुं के दर्स को दर्से– किताब कैसे कहूँ
पुस्तकको पाठ कसरी भनुँ ? यसरी नै मान्छे आफूलाई सम्झाइ बुझाइ गरिरहन्छ । जो आफूलाई यसरी सम्झाउँछ, उसलाई त कवीर पागलझैँ लाग्छ; उसलाई बुद्ध त बुद्धुझैँ लाग्न सक्छ । उसलाई त यी भट्केका पागल व्यक्तिहरुझैँ लाग्न सक्छ । उसलाई त जहाँ धन कमाइ भइरहेछ, पद कमाइ भइरहेछ, जहाँ प्रतिष्ठा कमाइ भइरहेछ, त्यहीँ सारा प्राण अड्केकोझैँ लाग्छ । जीवनमा भ्रम धेरै छ । जिन्दगीमा अल्झाइ राख्न मृगमरिचिकाहरु धेरै छन् । मृत्युमा त सबै बन्द हुन्छन्, पूर्णविराम आउँछ । तब आशाहरुलाई कता लैजानु, आकांक्षाहरुलाई कता दौडाउनु ? तब कस्तो दोकान, तब कस्तो धन, कस्तो पद ?
यदि अलिकति ध्यान सधिरहेको छ भने मृत्युको क्षणमा त्यही ध्यानको बाँध बाँधिन्छ किनकि अघि जाने कुनै उपाय रहन्न । अगाडिको ढोका त बन्द हुन्छ । बाँध बाँधियो । र, बाँध त ध्यानको सानै झरना बाँधमा आए नि ठूलो ताल बन्दछ । त्यही ताल मुक्तिको कारण हुन सक्दछ, महापरिनिर्वाण बन्न सक्दछ ।
ओशो
(पिव त राम रस लागि खुमारी, प्रवचन १, प्रश्न ३)

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया