पहिरोमा बेपत्ता एकको भेटियो शव, एक जना अझै बेपत्ता

अन‌ि यो पनि

-केशव अधिकारी
धादिङ । धादिङको रूविभ्याली गाउँपालिका–२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटरसहित हराइरहेका दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।

धादिङबेँसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रबार साँझ ६ बजेतिर रूवीभ्याली गाउँपालिका–२ को अताखोलामा पहिरोले पुरिएर डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षका राजु पराजुली र डोजरका सहचालक धादिङकै रूविभ्याली–५ का २० वर्षका जोजो तामाङ बेपत्ता भएका थिए । शनिबार दिउँसो पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोमा पुरिएकाहरुको शुक्रबार राति अबेरसम्म खोजी भएको थियो । राति खोजी कार्य गर्न नसकिएपछि शनिबार बिहानैदेखि प्रहरी, स्थानीयवासी, गाउँपालिकाका प्रतिनिधिलगायतको टोलीले खोजी गरेका थिए । सडक खन्न प्रयोग भइरहेको थप ३ वटा स्काभेटरको सहायताले पहिरो पन्छाउँदा टुक्रा टुक्रा भएको अवस्थामा स्काभेटर भेटिएको र सोही क्रममा चालक पराजुलीको शव भेटिएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । पहिरोमा ठूलाठूला ढुंगा खसेको कारण खोजी कार्यमा समस्या भएको पनि प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

साविकको सेर्तुङ र तिप्लिङ गाविसको सिमानामा रहेको अताखोलामा सडक निर्माण कार्य भइरहेको बेला शुक्रबार साँझ एक्कासि ठूलो पहिरो खस्दा डोजर र दुई जना मान्छे पुरिएर हराइरहेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय दार्खा र सेर्तुङ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया