बेरुजु देखिएको रकमलाई अनियमितता भन्न नमिल्ने महानगरको दाबी

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै हालसम्मको लेखापरीक्षणको प्रतिवेदनमा नियमित गर्नुपर्ने भनी दिएको सुझावलाई भ्रष्टाचार अनियमितता गरेको भनी सार्वजनिक सञ्‍चारमाध्यमहरूमा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएका सुझावहरूको आधारमा, महानगरपालिकामा भ्रष्‍टाचार र अनियमितता भएको भनी सञ्‍चारमाध्यममा आउनु दुःखपूर्ण रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘महानगरमा भए गरेका कामहरू गलत वा बदनियतपूर्ण देखिएमा सत्यतथ्य खोजविन गरी सप्रमाण बाहिर ल्याउनु सबैमा अनुरोध गर्दै, तथ्य र तथ्याङ्कहरूलाई तोडमोड गरी समाचार प्रकाशन र प्रशारण नगरिदिनु हुनसमेत सम्बन्धित सबैलाई आग्रह गर्दछौँ ।’

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आइसकेपछि बेरूजुको परिमाण र प्रतिशत क्रमशः घट्दै गएको महानगरको दाबी छ । कुल बेरूजुमध्ये निर्वाचन हुनुभन्दा पहिलाको ६८.९६ प्रतिशत र जनप्रतिनिधि आइसकेपछिको ४ वर्षमा जम्मा ३१.०४ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

जसमा ठूलो हिस्सा नियमित तथा पेश्की बेरूजुको रहेको र असुलउपर गर्नुपर्ने बेरूजु निकै कम रहेको जनाउँदै बाँकी बेरूजु फछ्र्यौटको लागि महानगरपालिकाले बेरूजुको लगत राख्‍ने, वर्गीकरण गर्ने तथा अध्ययन गर्नको लागि बेरूजु फछर्यौट समिति गठन गरेको, लेखा समितिले निरन्तर कार्य गरिरहेको र नियमित गर्ने बेरूजुको लगत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरूजु फछर्यौट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फछ्र्यौट गरेको प्रमाण महालेखा परीक्षकको कार्यालयमा पेश गरी संपरीक्षण गराइ लगतकट्टा गर्ने चरणमा रहेको महानगरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया