पिप्ले । पूर्वी पश्चिम राजमार्गअन्तर्गत चितवनको पिप्लेमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी चारजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १० च ५८७८ नम्बरको कार पिप्ले ९ झुरझुरेस्थित राजमार्गबाट तल खस्दा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक माधव खरेलले जानकारी दिनुभयो । कार तीब्र गतिका कारण अनियन्त्रित भएर राजमार्गबाट तल खसेको हुन सक्ने प्रहरीको पूर्वानुमान छ ।
घाइते हुनेमा चालकसहित कारमा सवार चारजना रहेका छन् । उनीहरुको नाम ठेगाना खुल्न सकेको छैन । घाइते चारैजनालाई तत्काल उद्धार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो ।
Discussion about this post