तीन धार्मिक आश्रममा कांग्रेसको राहत तथा स्वास्थ्य सामग्री

अन‌ि यो पनि

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगर समितिले स्वास्थ्य तथा राहतस्वरुप खाद्य सामग्री वितरण अभियानका क्रममा शनिबार रत्ननगरस्थित धार्मिक संस्थाहरुमा पुगेको छ । रत्ननगर–११ स्थित श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौना, रत्ननगर–१० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौली र रत्ननगर–१ मा रहेको गायत्री हरिहर मन्दिरमा सो सामग्री वितरण गरिएको हो ।

श्रीकृष्ण प्रणामी मन्दिरको आश्रममा वृद्धआमाहरु रहेका छन् भने हरिहर मन्दिरको संस्कृत पाठशालामा बटुकहरु अध्ययनको क्रममा गुरूकुलम् पद्दतिबाट अध्ययनरत छन् । रत्ननगर–१० निवासी इन्जिनियर सुवास बरालको संयोजनमा उक्त सामग्री रत्ननगर नगरसमितिले खरिद गरेको हो । चामल, दाल, साबुन, सेनिटाइजर, मास्कलगायतका सामग्री राहत तथा स्वास्थ्य सामग्रीमा समेटिएको हो ।

यो विषम परिस्थितिमा सहयोगको परिमाण जेजति भए पनि एकताको सन्देश प्रवाह गर्नु र समस्या परेको अवस्थामा कांग्रेस साथमा छ भन्ने आभाष गराउनु कार्यक्रमको उद्देश्य रहेको नगरसभापति रुपनराज घिमिरेले बताए ।

धर्मधाम जिरौनाका अध्यक्ष दीपकचन्द्र शर्माले यस्ता समाजसेवाउन्मुख उत्तरदायी कार्यमा राजनीतिक दल जोडिनुले धर्मसंस्कृति जगेर्नामा ठूलो बल पुग्नुका साथै एकताको सन्देश प्रवाह गर्ने बताए । जिरौनास्थित धर्मधामलाई देशकै आकर्षक धार्मिक पर्यटनको गन्तव्य बनाउन जिम्मेवार राजनीतिक दलको रुपमा भूमिका निर्वाह गर्न सुझाव दिँदै उनले कृतज्ञता ज्ञापन गरे ।

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष लीलाराज सुवेदीले आफ्नो संस्थालाई पनि सम्झेकोमा समग्र पार्टी पंक्तिलाई धन्यवाद दिए ।

गायत्री हरिहर मन्दिरका अध्यक्ष नेमराज पौडेल, पूर्वअध्यक्ष भागिरथ पौडेल, निवर्तमान अध्यक्ष वेद पुरी, वरिष्ठ उपाध्यक्ष निलकण्ठ पौडेल, सचिव सोमप्रसाद भट्ट, महिला सदस्य सरला सुवेदीलगायतको उपस्थितिमा आयोजित स्वास्थ्य तथा राहत सामग्री वितरण कार्यक्रममा हरिहर मन्दिरका अध्यक्ष नेमराज पौडेलले पनि कांग्रेसको पुण्यकार्यको प्रशंसा गरे ।

कार्यक्रममा रत्ननगर–११ का वडाध्यक्ष शशिभक्त न्यौपाने, नगरसमितिका सचिव देवेन्द्रबहादुर भुजेल, कोषाध्यक्ष शिवप्रसाद बराल, नगर सदस्य विनोद पौडेल, अशोकराज अधिकारी, मीना गुरूङ, वडा सभापतिहरु कमलनाथ अधिकारी, सीतु अधिकारी, वसन्त देवकोटा, कलाधर पौडेल, सूर्यकान्त पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया