खैरहनी नगरमा तीन पुल निर्माण

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यसवर्ष थप तीन वटा पुल निर्माण गरेको हो ।

नगरपालिकाको वडा नं २ मा लदरीखोला, खैरहनी ९ चात्राखोला र खैरहनी–७ र ९ लाई जोड्ने पम्फाखोलामा पुल निर्माण गरेको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए । नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो । खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा २ करोड २४ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको छ । सो पुल निर्माणसम्पन्न भइसकेको छ । खैरहनी ७ र ९ लाई जोड्ने सो पुलले दुई वडाका स्थानीयलाई आवातजावत गर्न सहज भएको छ ।

यस्तै, खैरहनी–२ लदरीखोलामा एक करोड ९५ लाख रुपैयाँको लागतमा पुल निर्माणसम्पन्न भएको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी २, ३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै, सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्राखोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । एक करोड ७ लाखमा सम्झौता भएकोमा अहिले निर्माणको काम भइरहेको छ । सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इन्जिनियर श्रेष्ठले बताए । सो पुल निर्माणपछि खैरहनी–९ र राप्ती–८ र ९ का स्थानीयलाई आवातजावत गर्न सहज हुनेछ ।

खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भइरहेको बताइन् । शनिबार र बिदाको दिन पनि योजनाहरुको अनुगमनमा व्यस्त रहेको उनले बताइन् । संघीय सरकारले आगामी आर्थिक वर्षमा मगनी पुल, नमुना पेट्रोल पम्पबाट दक्षिणतर्फ पम्फाखोला, ढुंग्रेखोलामा पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया