भरतपुर । एकीकृत नेकपा माओवादी चितवनको सातौं सम्मेलनपछि पहिलो बैठकले अध्यक्षमा यमबहादुर परियार ‘इन्द्रजित’लाई चयन गरेको छ ।
गत वैशाख १४ गते भएको सातौं सम्मेलनपछि परियारको नेतृत्वमा ५१ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एमाओवादीमा अध्यक्ष चयनको लागि लामो समयसम्म विवाद भएको थियो ।
अन्य पदका पदाधिकारीहरु एक हप्तापछिको दोस्रो बैठकले तय गर्नेे एमओवादी जिल्ला संयोजक ईश्वरी भट्टराईले जानकारी दिए । दोस्रो संविधानसभाको चुनावमा परियार क्षेत्र नं. १ को उम्मेदवार बनेका थिए ।
Discussion about this post