रत्ननगर । चालकहरुलाई ट्राफिक प्रहरीले शनिबार पूर्वी चितवनको रत्ननगरमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण दिएको छ । यस क्षेत्रमा सार्वजनिक सवारीमा बढी ट्राफिक नियम उल्लङ्घन भएपछि र ट्राफिक नियमसम्बन्धी ज्ञान नहुँदा दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पूर्वी चितवन टेम्पो, जिप, माइक्रो तथा मिनीबस व्यवसायी समिति रत्ननगरअन्तर्गत संचालित सवारीसाधनका २१ जना चालकलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट रत्ननगरका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक थानेश्वर ढकालले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम पूर्वी चितवन टेम्पो, जिप, माइक्रो तथा मिनीबस व्यवसायी समिति रत्ननगरका अध्यक्ष दामोदर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post