धीरजको ठहर [वरपरका कथा]

अन‌ि यो पनि

-ऋषिराम घिमिरे

हर्कमान बिहानै पाँच बजे धीरजको निवासमा पुग्दा धीरजको ध्यान सकिएको थिएन । धीरजको दिनचर्या सधैँ एकै किसिमले व्यतीत हुन्थ्यो । बाहिर जेजस्तो देखिए पनि ऊ संसार भोगाइको बन्धनबाट अलग थियो । कर्म गर्नैपर्छ भन्ने मान्यताको अनुयायी थियो र कर्मलाई अकर्मको भावमा उतार्नु उसको साधना थियो । थोरै बोल्थ्यो, सबैको सुख र समुन्नतिका निम्ति हरघडी प्रार्थना गर्दथ्यो ।
‘सबको जय होस् । मंगल होस् !’
सुरिलो सङ्गीतसँगै मीठो धुन गुन्जियो । धीरजले आफ्ना दुवै हात र शिरलाई आकाशतिर उठायो । अस्तित्वको स्वचालित शक्तिलाई हृदयङ्गम ग¥यो र संसारका सबै थलचर, जलचर प्राणी र वनस्पति उपर अस्तित्वले फैलाएको अलौकिक प्रेमप्रति ऊ अनुगृहित भयो ।
आफ्नो स्मरणमा आएका सबै दुःखी, क्रोधी, अहङ्कारी, साधक—साधिका र ज्ञानीहरुका निम्ति शुभभाव जगायो । त्यसपछि धीरजले दुवै हात तल झारी शिर झुकायो ।
‘धीरजको ध्यान सकिएछ’, हर्कमानले सहजै कुरो बुझ्यो, ऊ आँगनको कुर्सीबाट उठ्यो ।
हर्कमानले पुस्तक खुबै अध्ययन गथ्र्यो । अनुभवीका विचार र व्यवहारबाट खारिएर लेखिएका पुस्तकहरु मान्छेका प्रत्येक पाइलामा सोचिएभन्दा धेरै लाभकारी हुन सक्छन् भन्ने कुराको ऊ समर्थक थियो ।
‘आज यो पुस्तक पढ्नुहोस्’— धीरजले मीठोे मुस्कानसँगै हर्कमानको हातमा पुस्तक थमायो ।
‘सिद्धार्थ’, हर्कमानले किताबको नाम उच्चारण ग¥यो । पुस्तकका लेखक नोबेल पुरस्कार विजेता जर्मन नागरिक ‘हर्मन हेस्से’ रहेछन् । प्रातःकालीन ध्यान–प्रार्थना र ईश्वरप्रतिको समर्पणभावले धीरजको चेहरा प्रफुल्ल देखिन्थ्यो । धीरजको मुस्कुराहटको प्रतिउत्तरमा हर्कमानले पनि मुस्कुरायो ।
‘मान्छे’ शरीर होइन, विचार हो । शरीर त केवल जडवस्तु हो, मात्र चेतनाको दीपकले शरीरलाई हिँडाउँछ । त्यसैले, विचारको छायावरपरका सबैमाथि फैलिन सक्छ । जस्तो स्वभावका मान्छे वरपर रहन्छन् त्यस्तै प्रभाव अन्यहरुमा प्रसारण हुन लाग्दछ ।
धीरजको प्रफुल्ल मुद्राले हर्कमानको चेहरामा उज्यालो फैलिएको थियो ।
‘अनुभूतिका सबै कुरालाई शब्दले अनुवाद गर्न सक्दा रहेनछन्’— हर्कमानले आत्मसात् ग¥यो । हर्कमानले ‘सिद्धार्थ’ पुस्तकलाई अद्योपान्त हजम ग¥यो । सानो आकारको पुस्तकमा लेखक हेस्से महोदयले जीवनका अनगिन्ती आयामहरुलाई दुरूस्त उतारेका रहेछन् । गीतामा वर्णित कर्मयोग, भक्तियोग र ध्यानयोगको जीवनचर्यालाई विभिन्न पात्रहरु उभ्याएर सजीव भोग्न लगाएका छन् । मान्छे धनको रक्ताक्षमा होमिएपछि आफ्नो गन्तव्य र मार्गलाई छोड्न पुग्दछ, अनि त जीवन धमिराको घर बन्न पुग्दछ । जुवा र यौन, मदिरा र क्रोध, हिंसा र अभिमानले जीवनको रस चुस्दछन्, जीवनामृत सकिन्छ र जीवन गल्र्यामगुर्लुम्म ढल्छ ।
हर्मन हेस्से रचित पुस्तकको ‘सिद्धार्थ’ केवल उपन्यासको पात्रमात्रै होइन, उसले प्रत्येक मान्छेको प्रतिनिधित्व गरेको छ ।
‘मान्छे अनन्त सुख चाहन्छ, सुखको गहिराइमा डुब्ने चाह राख्दछ, जीवनभरको प्रयास गर्दछ । सांसारिक महासागरको उद्गम खोज्ने प्रयासमा मान्छे कतै अलपत्र आफैँ हराउँछ । क्षणिक तृप्तिको भूलभुलैयामा सदैव खुसी र मृत्युको द्वार ढप्काउन सकिन्न, मृत्यु आउँछ नै । हर्मन हेस्सेको ‘सिद्धार्थ’ पात्र जीवन भोगाइको विषाक्त नशाबाट बौरिन्छ । अस्तित्वको खोजीलाई निरन्तर गर्छ— हर्कमानलाई सुझेको लेखकको मूल आशय त्यही थियो ।
बर्खे झरीले पुल—कुलेसाहरु जलमग्न थिए । तीन दिन भैसक्दा पानी रोकिएको थिएन । हर्कमान धनराजकी आमालाई भेट गर्न पुगेको थियो । तिनी मन्द श्वासप्रश्वासको झिनो तातोले झुन्डिएकी रहिछिन् ।’
हर्कमानले उनको नाडी छाम्यो । ‘अब आमाको समय सक्कियो’— उसले मनमनै बोल्यो । अकस्मात् धनराजकी आमाको अनुहारमा उज्यालो फैलियो र ती शीतल भइन् । हर्कमान र धीरजले शवलाई तुलसी मठमा सारे ।
‘धनराजले आमाबाबुको कुनै हेरचाह गरेन । आवश्यक अन्न र ओखती अभावमै बूढीले जीवन सिध्याइन्’, हरिसागरले खस्रो भाषामा यथार्थ बोलेको थियो ।
अतिशयका कुनै पनि बल्छीले व्यक्तिलाई तटस्थ जिउन दिँदैनन् । तटस्थताको अभाव ‘नर्क’ हो । ‘धन’ जीवन जिउने सन्दर्भको अवश्य अहम् आवश्यकता हो, नकार्न सकिँदैन । तर, जब धनले व्यक्तिमा अतिशयको नशा चढाउँछ तब ‘धन’ भन्ने वस्तु मान्छेका निम्ति साँझ—बिहानको गर्जो टार्ने साधनमा मात्र सीमित हुँदैन, त्यो त नरक निर्माणको निम्ति अहम् कारण बन्दछ ।
मान्छे मीतव्ययी हुनुपर्छ, सरल र सादगी हुनुपर्छ, यसमा कुनै मतभेद रहेन । आर्जन गरेको धन सही काममा सक्दो प्रयोग हुन सक्नुपर्छ ।
धनराजले लाखौँ रूपियाँ व्याजमा लगाएको थियो । चर्को व्याज असुली ग¥यो । उसैकी आमाले पर्याप्त अन्न र ओखतीको अभावमा इहलीला समाप्त गर्नुले सन्ततिको ‘धनमोह’ लाई उदाङ्ग पुष्टि गरेको थियो ।
गाउँको विद्यालय निर्माण गर्न सबै स्थानीयवासीले सक्दो सहयोग गरेका थिए । धनराजको आँगनीमा उपस्थित भएको निर्माण समिति रित्तो हात फर्किएबाट उसले धन—मोहको रेकर्ड रचेको थियो ।
धनराजका हरेक क्रियाकलाप उस्तै थिए । ती एकअर्कासँग विशेष फरक थिएनन् । जोकोही पनि धनराजको आँगनछेउ पुग्दा अभाव, अनिकाल र दरिद्रताको अनुभूत गर्दथे ।
वृद्ध बाबुले एक सय वर्षको जीवन गुडाउँदै गर्दा धनराज तीन वर्षअगाडि नै धरतीबाट बिदा भइसकेको थियो । थुप्रिएको सम्पत्तिलाई उसको छोराले गलत प्रयोगमा भरमार खर्चियो । एक जना मान्छे पनि नआउने घरमा सयौँ असफल मान्छेहरुको ताँती लाग्दथ्यो । धनराजले भोकभोकै आर्जित गरेको धनमा डढेलो सल्केको थियो ।
धनराजले कमाएको सम्पूर्ण सम्पत्ति यौन, जुवा र मदिराको ढल बनेर बगेको थियो ।
मध्यरात्रिको समय थियो । सधैँझैँ चियर्स !! हुहुहु !! बोतलका आवाजहरु । हाहा !! हाहा !! हिहि !! सुनिएकै थियो, त्यो सामान्य थियो !!
धीरज हलुका निद्रामा थियो । भर्खरै मात्र झरी रोकिएको थियो । एक किसिमको मौसमी आनन्द थियो । झ्यालको पर्दा हल्लाउँदै मन्द र शीतल हावा कोठाभित्र छिरेको थियो । बलेँसीबाट तप्तप् पानी चुहिंदै गरेको मधुरो संगीत सुनिन्थ्यो ।
एक्कासि चर्को आवाज सुनिन आयो । ‘मा¥यो, मा¥यो, बचाऊ बचाऊ !! हृदयभेदी चीत्कारले धीरजलाई बिउँझायो । ऊ त्यहाँ पुग्न सक्ने वातावरण थिएन । धीरजले प्रहरीलाई सूचना दियो । प्रहरीको भ्यान तत्काल धीरजको आँगनीमा रोक्कियो ।
प्रहरीको साथ लागेर धीरज धनराजको घरमा पुग्यो । धनराजको एक्लो छोरो जीवित थिएन । अरु दुई जना नजिकैको केराघारीमा रगताम्य शरीरसहित बज्रिएका थिए ।
परस्थिति बिल्कुलै भयावह थियो । धीरजले धनराजको विगत र मृत्युपछिको आँगनीलाई एउटै चस्माको दृश्यभित्र उता¥यो । त्यहाँ धनराजले रोपेको हिजोको दरिद्रता, अभाव र अनिकाल पैशाचिक वृक्षमा फलेको थियो । आँगनीको पल्लो छेउमा उभिएको धीरज एकतमासले एकोहोरिएको थियो । संस्कार दिन नसकिएको सन्तान, सही काममा लगाउन नसकिएको सम्पत्ति र दरिद्र मानसिकताको परिणाम सधैँ आत्मघाती हुँदारहेछन् भन्ने धीरजले ठहर ग¥यो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया