फूलमा भमरा [कविता]

अन‌ि यो पनि

–सुमित्रा सापकोटा

आजभोलि कसैसँग
केही कुरा भन्न मन छ
वल्लो घरको भमरा
पल्लो घरको फूलमा बसेको
मेरै आँखाले देख्न परेको छ
फेरि केही समयपछि
फूलको खुसी लुटिएको
मेरै कानले सुन्न परेको छ
भमरा त
जुन फूलमा बसे पनि चोखै हुन्छ रे
यो अन्धो समाजसँग पनि
विद्रोह गर्न मन छ
त्यसैले त आजभोलि
मेरो मनभित्र ज्वाला सल्केको छ ।

हावाजस्तै उडेर त्यो भमरालाई
भेट्न परेको छ मैले
आजभोलि त उसले
आदर्शका गफ पो गर्न लागेको छ अरे
ऊसँगै मलाई केही प्रश्न गर्न मन छ
तिमी आदर्शवादी नै हौ भने
फूलमा मलजल गर्न किन सकेनौ ?
फक्रिएर आफ्नो बगैँचामा रमाएको फूलसँग
तिम्रो त्यो पापी मन किन जोड्न पुग्यौ ?
तिमीजस्ता समाजमा आदर्शका गफ चुट्दै
मौलाएका भमराको पो मह¤व छ यहाँ
हामीजस्ता बगरमा फुल्न नसकेका फूलहरुको
केको मह¤व यहाँ
त्यसैले त समाजमा
भमराहरु जुर्मुराएका छन् आजभोलि
वासना दिन खोज्दै गरेका कोपिला फूलहरु
पनि निमोठिएका छन् यहाँ,
तिम्रो मह¤व बढाउने
अदृश्य शक्तिसँग भेट्न मन छ मलाई ।

हे भगवान् !
तिमीसँग पनि केही प्रश्न गर्न मन छ
तिम्रै पालादेखि नै
फूलहरु निमोठ्न पल्केका थियौ अरे
त्यसैले त आजभोलि कलियुगमा पनि
तिमीजस्तै भमराहरुले
आफ्नो शक्ति देखाइरहेका छन्
मलाई स्वर्ग छिटै गएर
भगवान्सँग पनि धेरैविद्रोह गर्न मन छ
अब मलाई छिटै नरक छाडी
स्वर्ग जान मन छ
भगवान्लाई पनि
यही कुरा भन्न परेको छ
अब बगैँचाका लाखौँ फूलहरुलाई पनि
अर्को जुनीमा
भाले जाति नै बनाएर जन्म देऊ है
यति कुरा भन्नै परेको छ ।
अनि बल्ल यो सृष्टि कसरी थामिन्छ ?
टुलुटुलु हेर्ने मन छ
त्यसैले त
स्वर्ग गई भगवान्सँग छिट्टै भेट्न मन छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया