बिर्खे [लघु कथा]

अन‌ि यो पनि

–बलराम देवकोटा

साँझको गोठ धन्दा सकेर बिर्खे बल्ल घरभित्र पस्दै थियो । सामान्य दिनभन्दा धेरै पुरूष मानिसहरुको आवाज घरभित्र सुनेपछि ऊ एकैछिन ढोकाछेउमै उभिएर बस्छ र त्यहाँ भान्छा कोठामा रहेको खाना खाने टेबुलमा ती व्यक्तिहरु अल्कोहलको तालमा रमाउँदै गरेको देख्छ । बिर्खे त्यहाँभन्दा अगाडि बढेर अल्कोहलको रमाइलोमा उम्लिरहेको उनीहरुको खुसीमा दखल दिन चाहेन र त्यहाँनजिकैको कुर्सीमा चुपचापसँग बस्यो ।
बिर्खेले ढोकाछेउमै बसेर एक टकसँग उक्त गतिविधिलाई नियालिरहेको थियो, किनभने अल्कोहलमा मत्त भइसकेपछि मानिसहरु सबै कुरा भुलेर नै होला आफ्ना, आफन्तका र छिमेकीका अनावश्यक पारिवारिक कुरा निकाल्दै हरेक कुरालाई हँसीमजाक गर्दै रमाउँदै थिए ।
‘अल्कोहल खाइसकेपछि पनि हँसीमजाकका लागि अरुको नै कुरा र कथा चाहिने ?’ बिर्खेले मनमनै सोच्दै थियो । त्यत्तिकैमा मोटो–मोटो देखिने गोरो र चस्मा लगाउने व्यक्तिले लर्बरिएको स्वरमा हातको औँलाले देखाउदै भन्यो, ‘उ चोर आयो चोर ।’ बल्ल घरभित्रका सबैजनाको ध्यान बिर्खेमा प¥यो ।
घरमा भएका नयाँ सदस्यबाहेक बिर्खेको बाबु पनि सँगै थिए । चोर भन्ने शब्द सुनिसकेपछि उनको नजर पनि ढोकामा नपरेको हैन, तर चोर हैन भनेर परिचय गराउने प्रयास गरेनन् । बिर्खे चुपचापसँग मौनतामै बसिरह्यो ।
डाइनिङ टेबलको पछाडिपट्टिबाट एक महिलाको स्वर आयो, ‘चोर हैन, यही घरको केटो हो ।’ हाँसेर जिउने रहर त बिर्खेको पनि थियो, तर के गर्नु भाग्य लेख्ने दैवले खुसी लेख्नै भुलेछ । त्यसपछि बिर्खेको मन पोखरीमा डुबेजस्तै झन् चिसो भयो । आफ्नै घरका सदस्यले चिन्दैनन् बिर्खेलाई । न त बिर्खेले अल्कोहलमा उम्लिरहेको त्यो उन्माद र खुसीलाई बिगार्ने नै प्रयास गर्न सक्छ !

[email protected]

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया