बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

अन‌ि यो पनि

कास्की । कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ बाघको आक्रमणबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भीरचोक स्वास्थ्यचौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

भरतपुर १० का वडाध्यक्ष भण्डारीद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

भरतपुर । जनप्रतिनिधि भएपछि पटक पटक विवादमा आइरहने नाम हो– अरुण पीडित भण्डारी । उनी भरतपुर महानगरपालिका वडा नं...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया