अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

अन‌ि यो पनि

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ ।

अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीले सो वडामा रहेको रमाइलो सुकुमबासी बस्तीका २० घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । संघले प्रतिपरिवार ३० किलो चामल, २ किलो दाल, २ पोका नुन, दुई पोका तेल, अचार तथा मास्क र साबुन वितरण गरेको हो ।

सुकुमबासी बस्तीमा आयोजित कार्यक्रममा नगरकमिटीकी अध्यक्ष विरञ्जना सापकोटा घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेललगायतका नेताहरुले खाद्यान्न हस्तान्तरण गरेका थिए ।

सो अवसरमा नगरकमिटी अध्यक्ष घिमिरेले खाद्यान्न अभावका कारण उक्त बस्तीमा भोकमरी लाग्न थालेपछि राहत वितरण गरिएको बताइन् । कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष विनोद बस्नेत, अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यद्वय महादेवी खतिवडा, ज्वाला पुरी वन, युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, केन्द्रीय सचिवालय सदस्य ऋतु गिरी, एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, वडा नं ७ का वडाकमिटी अध्यक्ष सूर्य तामाङ, नेताहरु रश्मी बर्तौला, सजना महतो, कुलराज भारतीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नगरकमिटी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको थियो । त्यसैगरी अनेमसंघले रत्ननगर वडा नं ४ का अतिविपन्न पाँच घरपरिवारलाई समेत खाद्यान्न वितरण गरेको केन्द्रीय सदस्य ज्लालापुरी वनले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया