ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

असल साथीको भ्रमित खेल

by चितवन पोष्ट
२०७१ श्रावण २४, शनिबार ०३:४५ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रेशम सापकोटा ‘गाउँले’
जिन्दगी यात्रा रहेछ भन्ने मेरो जीवनमा चरितार्थ भएको छ । मान्छेलाई समयले कहाँ पु¥याउँदोरहेछ, त्यो त कसलाई थाहा हुन्छ र ! अचानक उनीसित भेट भयो । सायद, मैले त केही पनि सोचेको थिइनँ, किनकि म त कसैको भैसकेको थिएँ । सायद, उनलाई पनि यो कुरा थाहा थियो होला ।
चिनजानको १ वर्षमा अचानक मोबाइलको घन्टी बज्यो, फोन उठाएँ । आवाज परिचित भए पनि नम्बर अपरिचित थियो । फोन उठाएर हेल्लो, हेल्लो भनेँ । सायद, पहिलो फोन कलमै उनले कुराकानीलाई अगाडि बढाउन नसकेको भान मलाई भयो । मैलै चिन्ने कुरै भएन र मैले परिचय मागेँ ः
‘को बोल्नुभएकोे ? कहाँबाट किन कल गर्नुभएको ?’ यति भन्दा पनि उनले परिचय दिनै मानिनन् ।
उनले ‘तपाईंको आफन्त हो, अनुमान लगाउनुहोस्’, यतिमात्र भनेपछि मैले गेस गरेर भनेँ ः
‘सरिता हो ?’
‘बल्ल चिन्नुभयो’, उनले भनिन् ।
मैले एउटी आमा, दिदी, बहिनीलाई गर्ने सम्मानका साथ कुराकानी गर्न खोजेँ । खोइ, कुरा त अर्कै पारामा गरेजस्तो लाग्यो । फोनमा कम बोले पनि आवाजबाट प्रस्ट हुन्थ्यो कि उनी मलाई दाजुभाइ, भान्जाभन्दा पनि मायालु पारामा कुरा गर्न खोजेजस्तो लाग्यो । उनी भन्थिन् ः
‘हजुरलाई देखेदेखि मेरो मन तरल भएको छ । हजुरलाई तिर्खा लाग्यो भने अमृत मानेर पिउन सक्नुहुन्छ । मेरो कुरा बुभ्mनू न । हजुर त कुरै नबुभ्mने मान्छे ! सबै कुरा मुखै खोलेर भन्नु पर्छ र, खोइ मेरो कुरा बुझेको ?’
म केही भन्न खोज्दै थिएँ, अचानक मोबाइलको सम्पर्क काटियो । म त छाँगाबाट खसेजस्तो भएँ । वातावरण शीतल बनाउँदै हावा चलेको थियो । तर, त्यो हावाले मेरो शरीरको पसिना सुकाउन सकेको थिएन । गालाभरि पसिना, साथै लगाएको टिसर्ट पनि भिजेछ । खोइ, के हो यो ? म विवाहित मान्छे, यो के हुन लागेको छ ! भगवान्, यो गतिलो सन्देश हो कि अगतिलो सन्देश हो ! मैले केही सोच्न सकिनँ ।
सहरबाट गाउँ गएको बेलामा फोन सम्पर्क भएको थियो । अनुमानित ६ बजेको हुँदो हो, कुराकानी भएको ३ मिनेट जतिमात्र थियो, तर रातभर निद्रा नलागुन्जेल मेरो कानमा कुराकानीका शब्दहरु गुन्जिरहेका
थिए । म अरु केही पनि सोच्न सकिनँ ।
सोही रात अनुमानित १० बजेको हुँदो हो, पुनः फोनको घन्टी आयो । अब त आवाजसहित नम्बर पनि परिचित भइसकेको थियो ।
कुराको सुरूवातमै ‘खाना खानुभयो ? के गर्दै हुनुहुन्छ ?’ भन्ने कुराबाट भयो । सायद, जोकोहीले सोध्ने प्रश्न यस्तै हुन्छ ।
प्रतिउत्तरमा मैले खाइसकेँ भनेँ र सम्मानसाथ मैले सोधेँ, ‘तिमीले खाना खाइसक्यौ त ?’
‘खोइ, खाएँ भन्ने कि खाइनँ भन्ने । खाना खाए पनि पेट भने भरिएको छैन’, उनको कुरा यस्तो थियो ।
मैले फेरि भनेँ, ‘के भयो चेकजाँच गराउनुपर्दछ, रोग पालेर बस्यो भने पछि आफैँलाई असर गर्दछ ।’
उनले भनिन्, ‘हजुरलाई थाहा छ, कुन फिजिसियन डाक्टरलाई देखाउने हो ?’
मलाई थाहा थियो, डाक्टरको निहुँमा उनी मसँग जिस्किँदै छिन् । मलाई पनि रातको समय भएर हो कि जिस्किन मन लाग्दै थियो ।
‘मलाइ थाहा छैन’, कुरालाई अगाडि बढाएँ मैले । ‘तिमी पनि चितवनको आसपासमा बस्ने मान्छे, चितवन मेडिकल सिटीका रुपमा चिनिन्छ । यहाँ एक सय एक जना फिजिसियन डाक्टरहरु छन्, जसलाई देखाए पनि भयो । समय मिलाएर देखाउनू ल । म डाक्टर भएको भए चेकजाँच आफैँ गरिदिन्थेँ, बिनाशुल्कमा ।’
चिनजानको नाताले यति के भनेको थिएँ, उनले भनिन्, ‘मेरा लागि हजुर नै डाक्टर हो । हजुरले नै एकचोटि चेकजाँच गरिदिनुस् न ।’
अब भने मेरो वाक्य नतमस्तक भयो, किनकि उनले मलाई डाक्टर बनाएर मलाई नै चेकजाँच गर्न लगाउछिन् भन्ने थाहा थिएन । भनिन्छ, स्त्रीजाति प्रेमका कुराहरु गर्न डराउँछन् तर यहाँ ठीक उल्टो भएको छ । कतै उनी पुरूष र म स्त्री त होइन ? आफैँ चेक गर्नतिर लागेँ म । ए हो त, म नै पुरूष हो । स्त्री भएर पनि यस्ता कुराहरु गर्न किन नडराएकी होली ऊ ?
मलाई त्यतिखेर पृथ्वी पनि उल्टो घुमेजस्तो लाग्यो । कतै म सपनामा त छैन ? आप्mनै कान चिमोटेँ, म त बिपनामा नै छु । उनी बोल्दैछिन्, मैले पनि कुरा त गरेको छु । सायद, आफैँले गरेको कुरामा के बोलेँ, आफैँलाई थाहा छैन । किनकि, मेरो दिमागले काम गर्न छाडिसकेको थियो ।
उनी बोल्दै थिइन्, तर मलाई निद्राले अत्ताएको थियो । मैले भनेँ ः
‘हेर जति तिमी बोलेकी छौ, अथवा तिम्रो बोलीले जुन कुरा चाहेको छ, म त्यो पूरा गर्न सक्दिनँ । तिमीले मेरो मन चोर्न यस्तो कुरा गरेकी हौ कि कसो हो ?’ यति भन्दा पनि फोन राख्लिन्जस्तो लागेन ।
कुराकानीलाई अगाडि बढाउँदै उनी भन्न लागिन् ः
‘हरेक चाहेको कुरा कहाँ पाइन्छ र ? मैले तपाईंलाई आफ्नो बनाउन कहाँ खोजेको हो र ? म त मेरो जीवनमा मलम लगाउन तपाईंसँग सम्बन्ध गाँसेर एउटा असल साथीका रुपमा रहनका लागि मात्र खोजेकी
हँु । के मैले तपाईंको जीवन बरबाद गर्न खोजेजस्तो लाग्योे ?’
उनी भन्दै गइन्, ‘तपाईंलाई थाहा छ, मेरो जीवनमा के–कस्तो घटना घटेको छ ? सुन्न चाहनुहुन्छ ममा के समस्या छ ? थाहा छ तपाईंलाई ?’
एउटा नारीको मुखबाट प्रश्नमाथि प्रश्न आउँदा म त नतमस्तक भएँ, अनि घरमा बुबाले भनेको कुरा याद आयो– ‘नारी भनेका लक्ष्मी हुन्, उनीहरुको चित्त कहिल्यै पनि दुखाउनुहुन्न ।’ यही सोचेर आँखाभरि आएको आँशुलाई रोकी आफैँलाई सम्हाल्दै भनेँ ः
‘चिन्ता नलिनू । समस्याबिनाको जीवन हुँदैन, तर समाधानबिनाको समस्या पनि हँुदैन । कुनै समस्या छ भने त्यसको समाधान पनि हुन्छ नै, चिन्ता लिनुपर्दैन । म तिम्रो असल साथीका रुपमा रहने छु । सफलता हासिल गर्नका निमित्त कहिलेकाहीँ मन पनि दुख्नु पर्दोरहेछ । तिम्रो मनमा रहेको समस्या म एउटा असल साथीका नाताले कुराकानी, भेटघाटबाट समाधान गर्ने प्रयत्नमा लाग्नेछु ।’
सायद, मेरो कुराले उनीभित्र अद्भुत भावना जागेर होला, उनी त चर्को स्वरमा रून पो थालिन् । मलाई सम्झाउन निकै गाह्रो भयो । विवाहको मण्डपबाट दुलही अन्माउँदा रोएजस्तो उनको आवाज घुँक्कघुँक्क निरन्तर आइरह्यो । मैले बोलिरहेको फोन काटेँ ।
त्यतिखेर रातले बिहानीको झल्को दिन लागेजस्तो आभास
हुन्थ्यो । मनमा कुरा खेलाउँदा खेलाउँदै निदाएछु ।
बिहानको मोबाइलको घन्टीले मलाई उठायो । उही परिचित व्यक्तिको आवार्ज िथयो ः
‘चिया खानुभयो ?’
‘कहाँ खानु ? म त निद्रामा पो थिएँ, तिम्रो फोनको घन्टीले उठायो ।’
‘ए हो र ? म पछि फोन गर्छु नि, अहिले निद्रा लागेको होला । छुट्टी मनाउन गाउँ जानुभएको मज्जाको कल्पनाले सुत्नू ल’ भन्दै उनले फोन काटिन् ।
रातमा भन्दा बिहानमा बढी सुत्ने मेरो शरीरले किन बिस्तरा छोड्न चाहन्थ्यो र ! फोन राख्न नपाउँदै निदाएछु सिरक ओढेर ।
करिब बिहानको ८ बजेको हुँदो हो । ‘बाबु, बाबु ! आमाको आवाज कानमा प¥यो र मेरो निद्रा खुल्यो ।
‘बाबु कति सुतेको ? बिहानको सफा हावा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । मैले चिया बनाएकी छु, छिटो खान आऊ ।’
‘हुन्छ आमा, म आइहालेँ, मैले उत्तर दिएँ ।
मेरी आमा मलाई कति माया गर्नुहुन्छ । बिहान उठेर घरको काम सकेपछि छोरालाई चिया पिउन  बोलाउनुहुन्छ । धिक्कार छ म छोरो भएकोमा ! एक–दुई दिन घरमा जाँदा पनि बुबाआमालाई आफैँले केही बनाएर खुवाउन सकिनँ भन्ने कुरा मनमा खेलाउँदै उठेर बाबुआमासँगै चिया पिउँन गएँ ।
‘बुबा र आमालाई म भोेलि बिहान सबेरै उठेर घरको काम गर्दै म नै चिया, नास्ता र खाना बनाएर खुवाउँछु है’, मैले यसो भन्न पुगेछु ।
बुबाको अनुहार हेरेको त मुख अमिलो बनाएर आँखामा आँसु पो देखेँ । आमाको अनुहारमा पनि
हेरेँ, आँखाबाट आँसु झार्दै पो हुनुहुँदोरहेछ । जन्म दिने आमाको आँखामा आँसु खसेको देख्दा कुनचाहिँ छोराको आँखामा खडेरी लाग्छ र ! मैले मन थाम्न सकिनँ र उठेर कोठामा गएर धेरैबेरसम्म रोएँ । सायद, आमाबुबा पनि एकैसाथ रूनुभएको थियो होला, मैले हेर्न सकिनँ ।
जुनबेला बुबाआमाको आँखामा आँशु बगेको थियो, त्यो आँशु पक्कै पनि खुशीको थियो होला । पक्कै पनि छोराप्रतिको ममताको थियो होला ! सोहीअनुरुप भोलिपल्टदेखि खाना बनाएर उहाँहरुलाई खुवाउन थालेँ । खाना खाने बेलामा पनि बुबाआमाको आँखामा खुशीको आँसु प्रस्ट देखिन्थ्यो ।
कुनैबेला मेरा बुबा भन्नुहुन्थ्यो– ‘बाबु, कुनै पनि काम गर्दा अन्याय गर्ने, धोकेबाज, कृतध्न र व्यवहार ठीक नभएका मान्छेको संगतै गर्नुहँुदैन । त्यस्ता व्यक्तिहरुले कुनै पनि बेला धोका दिन सक्छन् ।’ यस्ता अनेकौँ कुराले बुबाले मलाइ सधैँ सम्झाउनुहुन्थ्यो ।
‘एक–दुई दिनको छुट्टी सकियो अब । बिहानको खाना खाएर सदरमुकाम हिँड्ने बेला पनि भयो बाबु’, आमाको उदास स्वर सुनेँ ।
आमा, अब म जान्छु भन्दै आशीर्वाद लिन नजिक  गई शिर के निहुराएको थिएँ, बुबाआमा दुवैका आँखाबाट खसेको आँशु मेरो शरीरमा परे । मैले केहीबेर शिर उठाउनै सकिनँ ।
‘आउँदै गर है बाबु’, आमा भन्दै हुनुहुन्थ्यो ।
मैले भनेँ, ‘आमा, म कहाँ टाढा जान लागेको हो र ! बेलाबेलामा आइहाल्छु नि, चिन्ता नलिनू । म सदरमुकाम पुगेर फोन गर्छु नि ।’
म घरबाट बाहिर निस्केँ । मनमा अनेक कुरा खेल्न थाले कि बुबाआमालाई कसरी सुख दिने भनेर । यसरी गाउँमा एक–दुई दिनको बसाइँ सकी म सदरमुकाम आएँ ।
घरमा हुने बेलामा उनले मलाइ पटकपटक फोन गर्थिन् । बुबाआमासँगै रमाएकोले उनले गरेको फोन उठाउन सकेको थिइनँ । गाउँबाट सदरमुकाम आएर पहिलोचोटि उनको मोबाइलमा फोन गरेको थिएँ, घन्टी गएको
पत्तै पाइनँ । उताबाट ‘हेल्लो’को आवाज आयो ।
‘सन्चै हुनुहुन्छ ?’
‘सन्चै छु । म त भर्खर सदरमुकाम आएको, तिमी कता छौं ?’
‘म बजारतिर छु, हजुरसँग भेटघाट गर्नुछ । म आऊँ है ? कहाँ हुनुहुन्छ ?’ निकै आत्तिएको स्वरमा उनी भन्दै थिइन् ।
‘म गाउँको घरबाट भर्खर आउँदै छु, घर पुगेर फ्रेस भएर
आउँछु । घरमा खाजा बनाएर भाउजूले फोन गरेकी थिइन् । त्यस कारण, म घर अहिल्यै जानैपर्छ । पछि समय छ नि तिमीसँग भेटघाट गर्ने, होइन ?’ उनले निदाउरो पारामा ‘हुन्छ’ भनिन्  ।
म घर गएर आउँछ भन्ने लागेर निकैबेर त्यसदिन कुरेकी रहेछिन् उनले । पछिको भेटघाटमा उनले भनेकी थिइन् मलाई । सदरमुकाम आएपछि उनीसँग प्रायः कुराकानी हुन्थ्यो । कुनै दिन उनले फोन गर्थिन्, कुनै दिन म फोन गर्थें । मसँग फोनमा कुराकानी गर्दा फोन राख्ने मनै गर्दैनथिन् । घरी आफ्नो बारेमा कुरा गर्थिन्, कतिबेला मेरो बारेमा कुरा गर्थिन् । कुनै बेला समाज र घरपरिवारको कुराकानीलाई अगाडि बढाउने गर्थिन् । अनि भन्ने गर्थिन्, ‘यो पापी समाजमा बाँचेको एक्लो मान्छे म ।’
उनीसँग भेटघाट हँुदा मैले कहिल्यै पनि सोधिनँ, तिमीलाई के भएको छ भनेर । यो समाजले के ग¥यो ? घरपरिवारबाट किन सन्तुष्ट नभएको ? आदि इत्यादि कुराहरु मनमा आए पनि मुख खोलेर भन्न सकेको थिइनँ । किनकि, घाउलाई कोट्याउनुहुन्न, घाउमा मलम लगाउनुपर्दछ भन्ने लागिरह्यो सधैँ । मलम लगाएर घाउ निको पार्ने उद्देश्यतिर लागेँ म । किनकि, उनको म एउटा असल साथी थिएँ, अनि वाचा पनि गरेको थिएँ कि अबका दिनहरुमा म असल साथी रहेसम्म उनको आँखामा दुःखका आँसु
बग्न दिनेछैन ।
बेलाबेलामा अफिस बिदाका दिनमा हाम्रो भेटघाट हुने गर्दथ्यो । उनी के गर्दछिन्, दिनहरु कसरी बिताउँछिन् भन्नेबारेमा मैले कहिल्यै पनि सोधिनँ । सधैँ एउटा असल साथीको भूमिकामात्र निर्वाह
गरिरहेँ । यसमा उनी सन्तुष्ट थिइन् वा थिइनन्, मलाइ थाहा थिएन । म भने निकै खुशी रहने गर्दथेँ । उनीसँगै बस्दा मेरा बारेमा भने उनी निकै चाख लगाएर सोध्ने गर्दथिन् ।
‘तपाईं जीवनमा खुशी हुनुहुन्छ ?’
‘हो, म त रमाइरहेको छु, किन र ? उनलाई प्रश्न गरेँ मैले ।
‘होइन जिस्काएको’, उनले कुरा टार्न खोजिन् । यस्तै–यस्तै कुराकानीले उनीसँगै रहँदा समय बितेको पत्तै हँुदैनथ्यो ।
म काममा हुने हुनाले उनले गरेको फोन कल मैले उठाउन
सक्दैनथेँ । किनकि, उनले निकै लामो समयसम्म कुराकानी गर्ने गर्दथिन् । नेपाल टेलिकमले निःशुल्क सेवा दिएजसरी, मोरीलाई पैसाले पनि कति पुगेको होला ? मनमनै सोच्ने गर्दथेँ । उनले गरेको फोन नउठाउँदा उनलाई पक्कै पनि रिस उठ्थ्यो होला किनकि कल ब्याक गर्ने मेरो बानी थिएन । सायद, यस्तै कारणले हो कि उनले खोजेको चाहनालाई मैले पूरा गर्न नसकेर हो, पूरा एक वर्षसम्म असल साथीका रुपमा नाटकीय सम्बन्ध गाँसी उनले मलाई फोन गर्ने बानी घटाउन थालिन् ।
कहिलेकाहीँ भने मैले सम्पर्क गर्दा दिल खोलेर बोल्न नै नचाहेको आवाजबाट प्रस्ट हुने गर्दथ्यो । कहिलेकाहीँ उनीसँग बजारमा भेटघाट हुने गर्दछ, भेट हँुदा पनि मसँगभन्दा आफूसँग भएको मोबाइलसँग मस्कीमस्की कुरा गर्ने गर्दथिन् । मोरीलाई फोन पनि कत्ति आएको, राजनीतिक दलको नेतालाई आउनेजसरी ? लाग्छ, सबैको समस्याको समाधान उनैले गर्दथिन्, अथवा यति खुसी कि एलएलसीमा बोर्ड प्रथम भएजसरी खुसीको कुनै सीमा नै हुँदैनथ्यो । म निकै खुसी हुने गर्दथेँ, उनको खुसी देखेर । मेरो चाहना भनेको पनि उनलाई सुखी देख्नु नै हो ।
आज मबाट उनी टाढा हुन खोजे पनि उनको मन भने निकै खुसी देखिन्थ्यो । मनमनै विचार गरेँ, मभन्दा पनि मन मिल्ने साथी पाएर खुशी भएकी होलिन् उनी । म हिजो पनि उनको खुसी खोस्न नचाहेको मान्छे हुँ । उनको दुःख बाँडी मन हलुका बनाइदिने साथीका रुपमै रहेको थिएँ । बोली र भेटले मात्र सन्तुष्ट नभएर होला, मसँग अहिले उनी टाढा हँुदैछिन् । उनीसँग बिताएका क्षण, उनले बोलेका हरेक पलका शब्दका रेकर्डहरु मेरो मानसपटलमा आज पनि ताजा छ, भोलि पनि रहिरहने छ । न त यो कसैले लान सक्छ, न त यो हराउने नै छ ।
नेपाली उखानको याद आउँछ मलाई, ‘सर्पलाई दूध खुवाएर पाल्योे भने पाल्ने मान्छेलाई नै टोकेर त्यसले मार्छ । हिजो उनलाई जिन्दगी कसरी जिउने भन्ने कुराहरु सिकाउँथे मैले । क्रियाशील हुनु भनेको बाँच्नु हो, बाँच्नु भनेको केही गर्नु हो भन्ने यही अन्तर्निहित धारणालाई आत्मसात् गरी हामीले जीवनलाई अगाडि
बढायौँ । मैले जीवनलाई सुखी बनाउनुपर्छ भनी प्रेरणा दिने गर्दथेँ । भेटघाट हुँदा यस्ता कुराले उनको जीवनलाई सफल बनाओस् भनेर जीवन चक्र हो; न त यो चक्रलाई कसैले रोक्न सक्दछ, न त छेक्न नै भन्ने गर्दथेँ ।
१२ महिनाले त आ–आफ्नै रुप लिने गर्दछन् । कहिले गर्मी, कहिले जाडो, कहिले शीतल, कहिले पानी ! यस्तै तवरले उनले पनि आफ्नो रुप फेरेकी होलिन् र यो उनका लागि स्वाभाविक पनि होला । तर बल्ल यतिबेला उनीसँग सोध्न मन छ, तिमीलाई घरपरिवार र समाजले के गरेको थियो ? कारण सोध्न मन छ, किन मलाई असल साथीको नाटक गरी आप्mनो सम्पूर्ण कुराहरु खोली आफैँलाई हल्का बनाएकी तिमीले ? कि तिम्रो बानी नै यस्तै हो ? भन्ने अनेकअनेक प्रश्न गर्दै अन्तिमचोटि भेट गरी उनले भनेका र मेरो मानसपटलमा रहेका सम्पूर्ण चीजहरु उनैलाई फिर्ता दिई उनीसितको असल साथीको नाता तोड्दै पुरानो चिनजानको नातालाई निरन्तरता दिनका लागि अन्तिम पटक उनीसँग भेट्ने चाहना राख्दै उनको सफल जीवनको यतिबेला कामना गर्दछु ।

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

वक्तृत्वकलामा जिया प्रथम

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In