भरतपुर अस्पतालको ओपिडी सेवा असार ६ देखि

अन‌ि यो पनि

भरतपुर, ४ असार । भरतपुर अस्पतालको ओपिडी सेवा असार ६ गतेदेखि पुनः सुरु हुने भएको छ । दोस्रो लहरको कोरोना महामारी र निषेधाज्ञा सुरु भएपछि बन्द भएको ओपिडी सेवा असार ६ गते आइतबार देखि सुरु हुन लागेको अस्पतालका प्रमुख मेसु डा रोशन न्यौपानेले जानकारी दिए ।

विरामीको नाम दर्ता र टिकट काट्ने समय बिहान ९ बजेदेखि ११ः३० बजेसम्म तोकिएको छ । विरामीको उपचार १० बजेदेखि सुरु हुने छ ।

अस्पतालहरुमा कोरोना संक्रमित विरामीको चाप घट्दै गएपछि भरतपुर अस्पतालले ओपिडी सेवा पुनः सञ्चालन गर्न लागेको हो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया