चितवनका दुईसहित चार पालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

अन‌ि यो पनि

रत्ननगर, ४ असार । चितवनका दुई सहित चारवटा पालिकालाई कोरोना संक्रमितको उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । डेक नेपाल चितवन तथा साप नेपाल काठमाडौंको सहकार्यमा बतास फाउण्डेशनले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर चितवनको कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका, सर्लाही जिल्लाको हरिपुर र बरथहवा नगरपालिका एक एक थान प्रदान गरिएको हो ।

पालिकाहरुले कोरोना संक्रमित विरामीको उपचारको लागि सञ्चालन गरेका कोरोना अस्पतालमा प्रयोग गर्ने गरी अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको डेक नेपालका निर्देशक जनक कार्कीले बताए । निर्देशक कार्कीले कालिकाका मेयर खुमनारायण श्रेष्ठ, इच्छाकामनाकी प्रमुख गीताकुमारी गुरुङ, हरिपुरका मेयर जमरुदिन मन्सुर र बरथहवाका स्वास्थ्य शाखाका सहसंयोजक विष्णुप्रसाद श्रेष्ठलाई सो मेसिन हस्तान्तरण गरेका हुन ।

डेक नेपालले महिला शशक्तिकरण परियोजना सञ्चालन गरिरहेको कालिका र इच्छाकामना र परियोजना सञ्चालनको तयारीमा रहेको हरिपुर र बरथहवा नगरपालिकालाई संक्रमितको उपचारको लागि अति आवश्यक उपकरणको रुपमा लिइएको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको निर्देशक कार्कीले बताए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया