सुनचाँदी व्यवसायीको हत्या र धनमाल डकैतीको विरोध

अन‌ि यो पनि

भरतपुर । महोत्तरीका सुनचाँदी व्यवसायी विरेन्द्र शाहको हत्या गरी धनमाल डकैती भएकोमा नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनले गम्भिर आपत्ती जनाएको छ । घटनाको घोर विरोध गर्दै संघले दोषीलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न र पिडित परिवारलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्न माग गरेको छ ।

शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संघले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न आग्रह गरेको हो । महोत्तरीको सम्सीमा राजिव ज्वेलर्स सञ्चालन गर्दै आएका स्थानीय सुनचाँदी व्यवसायी विरेन्द्र शाहलाई ढोका फोडेर घरभित्र पसेका डाँकाहरुले असार २ गते राती गोली हानी हत्या गरेका थिए ।

विरेन्द्रको हत्यापछि उनकी श्रीमति र छोरा छोरीलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भिर घाइते बनाएर लाखाँैको धनमाल लुटपाट गरी फरार भएका थिए । यस किसिमको घटनाले आम व्यवसायीहरु हतोत्साही, चिन्तित र दुःखी भएको संघका प्रवक्ता विकास बर्माले बताए ।

आम व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न र शान्ति सुरक्षा उपलब्ध गराउन सरकारसंग माग गरिएको उनले बताए । आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया