रत्ननगर काँग्रेसद्धारा स्वास्थ्य तथा खाद्य सामाग्री सहयोग

अन‌ि यो पनि

रत्ननगर, ४ असार । रत्ननगरका विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुलाई शुक्रवार स्वास्थ्य सुरक्षा सामाग्री तथा खाद्यान्न सहयोग गरिएको छ । नेपाली काँग्रेस रत्ननगर नगर समितिले पहिलो दिन शुक्रवार ६ वटा सामाजिक तथा धार्मिक संघसंस्थाहरुलाई माक्स, सेनिटाइजर, साबुन, फेसशिल तथा चामल दाल वितरण गरेको हो ।

गामबेँसीको चेपाङ संरक्षण केन्द्र, इलाका प्रहरी कार्यालय, सानो घर, असहाय बृद्ध कल्याण समाज, श्रीराम बैदिक संस्कृति गुरुकुलम र नेपाल रेडक्रस सोसाइटी बछौलीलाई स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण गरिएको रत्ननगर नगर सभापति रुपनराज घिमिरेले जानकारी दिए ।

शनिवार बाँकी रहका श्रीकष्ण प्रणामी मन्दिर टिकौली,धर्मधाम जिरौना र हरिहर गायत्री मन्दिरमा सञ्चालित गुरुकुलमलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री प्रदान गरिने उनले जानकारी दिए । नेपाली काँग्रेस रत्ननगर नगर समितिलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरणका लागि इन्जिनियर सुवास चन्द्र बरालले सहयोग गरेका हुन । नगर सभापति घिमिरे, सहयोगीदाता बरालले उल्लेखित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अबसरमा नगर सभापति घिमिरेले महामारीको बेला सहयोगको भावना लिएर पार्टी नागरिक सम्म पुगेको बताए । हामीले सहयोग गर्ने अभियानको सुरुवात गरेका छौं उनले भने यसलाई हामी निरन्तर रुपमा अगाडि बढाउने छौं । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौंलीका संस्थापक सभापति तथा नागरिक सहायता कक्षका संयोजक राममणि खनालले रोजगारी गुमेका,ज्याला मजदुरी गर्न नपाएर भोकभोकै भएका नागरिकलाई सहयोग गर्ने दायित्व राजनीतिक पार्टी, रेडक्रस र सामाजिक अगुवाहरुको रहेको बताए ।

स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस रत्ननगर नगर समितिका सचिवद्धय सीतादेबी रेग्मी, देबेन्द्र बहादुर भूजेल, कोषाध्यक्ष शिव बराल, नगर सदस्यहरु अशोक अधिकारी, विनोद पौडेल, मीना गुरुङ र वडा सभापतिहरु बसन्त देवकोटा, सीतु अधिकारी, कमलनाथ अधिकारी, पार्टीकी क्रियाशिल सदस्य शारदा न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया