ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भाइरल ज्वरोको बढ्दो संक्रमण

by चितवन पोष्ट
२०७१ श्रावण २४, शनिबार ०३:४१ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मौसम परिवर्तनसँगै चितवनलगायत विभिन्न जिल्लामा भाइरल ज्वरोको संक्रमण देखिएको छ । केही दिनयता चितवनका विभिन्न अस्पतालमा दैनिक सयौँ भाइरल ज्वरोका बिरामी आउने गरेको पाइएको छ । भरतपुर अस्पतालमा मात्रै ज्वरो, झाडापखाला, जन्डिससँग सम्बन्धित भाइरलको जोखिम रहेको चिकित्सकहरुको भनाइ छ । दिनहुँ उपचारमा आउने बिरामीमध्ये केहीमा डेंगु संक्रमण हुनसक्ने अनुमान जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको छ । कार्यालयले नगरक्षेत्रमा डेंगु नियन्त्रण गर्न घरघरमा स्वास्थ्यकर्मी खटाएर अभियान नै चलाएको थियो, जसमा ३३ हजार घरमध्ये करिब तीन हजार घरमा डेंगु रोग सार्ने लामखुट्टेका लार्भा र प्युपा भेटिएको थियो । गत वैशाखदेखि चितवनमा डेंगुका बिरामी बढिरहेका छन् । वैशाख महिनामा दुई जनामा डेंगुको संक्रमण देखिएकोमा जेठ र असारमा १४–१४ र साउनको पहिलो सातामा थप दुई जना संक्रमित भेटिएका छन् ।
चितवनमा गत वर्ष पनि साउनदेखियता परीक्षण गरिएका २ हजार २६१ मध्ये ३७१ जनामा डेंगुको संक्रमण भेटिएको थियो । चितवनमा २०६८ सालमा डेंगुको संक्रमण फैलिएर प्रकोपकै रुप लिएको थियो । त्यसबेला ८०० जना संक्रमितमध्ये १२ जनाको ज्यानसमेत गएको थियो । डेंगुको छुट्टै औषधि नहुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय मानिएको छ । तर, जनस्वास्थ्य कार्यालयले भरतपुर र रत्ननगर नगरपालिकाभित्रका घरघरमा पुगेर सर्वेक्षण गर्दा डेंगु प्रभावित दर करिब आठ प्रतिशत रहेको पाइएको थियो । घरघरमा डेंगु सार्ने लामखुट्टे हुर्किरहे पनि स्थानीय सजग बन्न सकेका छैनन् । भरतपुर अस्पतालमा दैनिकजसो १५० को संख्यामा भाइरल ज्वरोका बिरामी देखिएका छन् । मेडिकल कलेज तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न आउने बिरामीको संख्या पनि अधिक छ ।
भाइरल ज्वरोका बिरामी मौसम परिवर्तनले मात्र बढेका होइनन् । बढ्दो प्रदूषण, जथाभावी खानपान, लामखुट्टेको टोकाइजस्ता विविध कारणले भाइरल ज्वरोको संक्रमण बढिरहेको छ । भाइरल ज्वरो आएका बिरामीलाई लामखुट्टेले टोकेमा डेंगु सर्ने सम्भावना अत्यधिक हुन्छ । रूघाखोकी लागेमा, घाँटी दुखेमा, शरीरका जोर्नीहरु दुखेमा, आँखा रातो भएमा र ज्वरो आएमा तुरून्त जाँच गराउनु पर्ने चिकित्सकहरुको सुझाव छ । भाइरलका बिरामीको बेलैमा उपचार भए एक सातादेखि १० दिनभित्रमा निको हुन्छ । भाइरल ज्वरो र यसको संक्रमणबाट जोगिन सडकमा राखिएका खानेकुरा नखाने, खाना खानुअघि साबुनपानीले हात धुने र पानी उमालेरमात्रै पिउने गर्नुपर्दछ । घरवरपरका खाडलहरु पुर्ने, फूलका गमला, प्लास्टिकका भाँडा, टायर सफा राख्ने र लार्भा तथा प्युपा बेलैमा नष्ट गर्न सके भाइरल ज्वरो तथा डेंगुको संक्रमणबाट जोगिन सकिन्छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून
अर्थ

करको दर हैन दायरा बढाउँदै महानगर

चितवन, १० माघ । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय...

Read more
ती दिनहरु सिक्किम भ्रमणको सम्झना

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Chitwan Post

नवलपुर ग्रील तथा स्टील व्यवसायी संघको पदस्थापना

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In