भरतपुर । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा पीएलएका चुडामणि सापकोटा विजयी भएका छन् । सापकोटाले ८५ मत ल्याएर विजयी भएका निर्वाचन समितिका अधिवक्ता गजेन्द्रप्रसाद वस्तीले जानकारी दिए । सापकोटाका प्रत्यासी डीएलएका निलकण्ठ अधिकारीले ७४ मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा पीएलएकै भोलानाथ नेपालले ७९ मत ल्याई विजयी भएका छन् । भोलानाथका प्रत्यासी डीएलएका मुन्नाविक्रम खातीले ७६ मत ल्याएका थिए । जम्मा ३ मतले भोलानाथ विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
सचिवमा पीएलएका नुनराज सिलवाल ८० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी डीएलएका धर्म वाग्लेले ७६ मत ल्याएका थिए । कोषाध्यक्षमा डीएलएका लक्ष्मीप्रसाद पाठकले ७९ मत ल्याए विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पीएलएका बामदेव अधिकारीले ७६ मत ल्याएका थिए ।
यसैगरी सदस्य पदमा पीएलएका शिवराम महतो, सूर्यबहादुर बोहरा, विष्णुप्रसाद बास्तोला, विकास गुरूङ र महेशचन्द्र न्यौपाने विजयी भएका छन् । यसैगरी सदस्यमा डीएलएका श्रीराम दवाडी र राधा उपाध्याय विजयी भएका छन् ।
केन्द्रीय पार्सदमा पीएलएबाट केशवराज तिवारी, भवानी लोहनी, भीमबहादुर सुवाल, गोपीलाल देवकोटा विजयी भएका छन् भने डीएलएबाट रामप्रसाद अधिकारी, सीताराम अधिकारी, दीपक सुवेदी, राजेन्द्र सिलवाल र दिवाकर भुसाल केन्द्रीय पार्सदमा विजयी भए ।
बारको नयाँ नेतृत्वको लागि शुक्रबार बिहान आठ बजेबाट मतदान भएको थियो । मतगणना राति ९ः ३० बजे सकिएको थियो । कुल १७० मतदान संख्या रहे पनि १६२ मत खसेको निर्वाचन समितिका अधिवक्ता गजेन्द्रप्रसाद वस्तीले जानकारी दिए ।
Discussion about this post