रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

अन‌ि यो पनि

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ ।

सो उपशाखा बछौलीले रत्ननगर–५, ६ र ७ मा रहेका लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहानबेलुकी छाक नै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको हो । विषम परिस्थितिमा राहतस्वरुप सामग्री सहयोग गरिएको उपशाखाका निवर्तमान सभापति एवं उपशाखाअन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणि खनालले बताए ।

हिमाली नवीन समाज र वाइल्ड् लाइफ भिक्टिम फन्डको सहयोगमा ८५ अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको सभापति सुवास विडारीले बताए । सहयोग स्वरुप प्रति परिवार १ बोरा चामल, नुन, दाल र तेल सहयोग गरिएको थियो । विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट प्राप्त सहयोग रकमबाट उपशाखाको कार्य क्षेत्रभित्र हालसम्म ३३५ भन्दा बढी परिवारलाई सहयोग गरिएको छ ।

वितरण कार्यक्रममा वडा सदस्यहरु किरण महतो, केशरीमाया सुनार, स्थानीय प्रह्लाद सापकोटा, नेपाल रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया